पाल्पाको पूर्वखोला १ मा एमाले र माथागढी ८ मा कांग्रेस विजयी
तानसेन : पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसले विजय खाता खोलेका छन्। पाल्पाको पूर्वखोला १ नं. वडा सिलुवामा नेकपा एमालेका गिरमान आलेसहित प्यालन विजयी भएको छ ।
एमालेबाट विजयी आलेले १४८८ मत ल्याए भने उप विजेता नेपाली कांग्रेसका चुनबहादुर ४८६ मत प्राप्त गरी उपविजेता भए। पाल्पाको माथाँगढी गाउँपालिका वडा नं ८ बहादुरपुरमा नेपाली कांग्रेसका दिलबहादुर ढेंगासहित सबै सदस्यमा प्यानल विजयी भएका छन्।
विजेता वडा अध्यक्ष ढेंगाले ४१० मत प्राप्त भइ विजयी भएका उनका प्रतिद्वन्दी नेकपा एमालेका नारायण सिंह थापाले ३०६ मत ल्याइ उपविजेता भए। पाल्पाका सबै पालिकामा मतगणना सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस !