पाल्पाका सबै पालिकामा मतगणना सुरु
तानसेन : पाल्पाको २ वटा नगरपालिका र ८ वटा गाउँपालिकामा मतगणना सुरु भएको छ। माथाँगढी वडा नं ८ को मत परिणाम सार्वजनिक भइसकेको छ।
पाल्पाको माथाँगढी गाउँपालिका वडा नं ८ बहादुरपुरमा वडा अध्यक्ष दिलबहादुर ढेंगासहित सबै सदस्यमा नेपाली कांग्रेसमा उम्मेदवारहरु विजयी भएका छन्। विजयी हुने महिला सदस्यमा लालीसरा ढेंगा, दलित महिला सदस्यमा मायाँ वि.क., खुला सदस्यमा तिलबहादुर ढेंगा र मनिसरा ढेगा रहेका छन्।
विजेता वडा अध्यक्ष ढेंगाले ४१० मत प्राप्त भइ विजयी भएका उनका प्रतिद्वन्दी नेकपा एमालेका नारायण सिंह थापाले ३०६ मत ल्याइ उपविजेता भए।
प्रतिक्रिया दिनुहोस !