भोजपुरका दुई वडामा एमाले र कांग्रेस, एक वडामा माओवादी विजयी

भोजपुरका दुई वडामा एमाले र कांग्रेस, एक वडामा माओवादी विजयी

भोजपुर : शुक्रबार रातिबाट सुरुभएको मत गणनाअनुसार भोजपुरका ८१ वडामध्ये ५ वडाको मत परिणाम आएको छ। प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमालेले २, नेपाली कांग्रेसले २ तथा माओवादी केन्द्रले १ वडामा विजयी हासिल गरेको छ।

जसमध्ये पौवादुङमा गाउँपालिका-१ मा नेकपा एमालेका राजेन्द्र तामाङले ४ सय ५९ मत, भोजपुर नगरपालिका-१ मा माओवादी केन्द्रका जिरामणी राईले २ सय २३ मत, आमचोक गाउँपालिका-१ मा नेपाली कांग्रेसका निम्नुरी शेर्पाले ४ सय १६, साल्पासिलिछो गाउँपालिका-१ मा नेपाली कांग्रेसका गणेश बुढाथोकीले ३ सय ७८ मत र हतुवागढी गाउँपालिका-१ मा नेकपा एमालेका कुमार विष्टले ४ सय ५९ मत ल्याउँदै विजयी भएका हुन्।

पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदमा भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा गठबन्धन र षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, पौवादुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिकामा नेकपा एमाले र अरुण गाउँपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। 

मतदान सौहार्द र शान्तिपूर्ण सम्पन्न भएपनि भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण षडानन्द नगरपालिका, रामप्रसादराई गाउँपालिका र आमचोक गाउँपालिकाका वडाहरुबाट मतपेटिका ल्याउन समस्या भएका कारण मत गणनामा ढिलाई भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.