पाल्पामा १८ वडाको मतपरिणाम  : ११ एमाले, ६ कांग्रेस  र १ मा माओवादी विजयी

पाल्पामा १८ वडाको मतपरिणाम  : ११ एमाले, ६ कांग्रेस  र १ मा माओवादी विजयी

तानसेन : पाल्पामा आइतबार बिहानसम्म मतगण्ना सम्पन्न भएको १८ वडामध्ये नेकपा एमालेले ११ वडामा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले ६ वडा, नेकपा माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको छ भने १ वडाको परिणाम स्थगित भएको छ। 

नेकपा एमालेबाट निस्दी गाउँपालिको वडा नं १ वाकामलाङमा यमबहादुर राना विजयी भए। उनले नेपाली कांग्रेसका पूर्णबहादुर खाँणलाई २८ मतले पराजित गरे। वडा नं २ सहलकोटमा एमालेकै फत्ते सिं दर्लामी विजयी भए। उनले नेपाली कांग्रेसका यम बहादुर मश्राङ्गीलाई ३१७ मत अन्तरले पराजित गरे।
    

रामपुर नगरपालिका वडा नं १० मा नेकपा एमालेका तोयनाथ सारु विजयी भए। सारुले नेपाली कांग्रेसका थमन बहादुर सारुलाई पराजित गरे। 

पूर्वखोला गाउँपालिका वडा नं १ मा नेकपा एमालेबाट गिरमान आले विजयी भए। आलेले नेपाली कांग्रेसका चुनबहादुर थापालाई १००२ मतले पराजित गरे। वडा नं २ जल्पामा नेकपा एमलेकै निरबहादुर सारु विजयी भए। सारुले नेपाली कांग्रेसका गोपाल राना लाई ३२३ मतले पराजित गरे। वडा नं. ३ रिङनेरहमा नेकपा एमालेका कृष्णप्रसाद भट्टराई विजयी भए। भट्टराईले नेपाली कांग्रेसका उमान सिं सुनारीलाई ८१७ मतले पराजित गरे। 
    
माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीमा नेकपा एमालेका राजकुमार पन्थी विजयी भए। पन्थीले नेपाली कांग्रेसका महेन्द्र बहादुर जि.सी. लाई २२१ मतले पराजित गरे। 
    
रिव्दीकोट गाउँपालिका वडा नं  १ ख्याहामा नेकपा एमालेका चिरञ्जिवी पोखरेल विजयी भए। पोखरेलले नेपाली कांग्रेसका रामचन्द्र पाण्डेलाई ६ मतले पराजित गरे। 
    
तिनाउँ गाउँपालिका वडा नं १ कचलमा नेकपा एमालेका भुवन सिं चिदी विजयी भए। चिदीले नेपाली कांग्रेसका हस्त बहादुर रास्कोटीलाई १६२ मतले पराजित गरे। वडा नं २ दोभानमा नेकपा एमालेका यादव प्रसाद अर्याल विजयी भए। अर्यालले नेकपा माओवादी केन्द्रका दिनेश घर्ति क्षेत्री लाई ९४ मतले पराजित गरे। 
    
रैनादेवी छहरा गाउँपालिका वडा नं ८ सत्यवतीमा नेकपा एमालेका रेमबहादुर राना विजयी भए। रानाले नेपाली कांग्रेसका थमान बहादुर रानालाई पराजित गरे। 
    
यसैगरी नेपाली कांग्रेसले ६ वडामा विजय हासिल गरेको छ। तानसेन नगरपालिकाको वडा नं १ मिशन गोर्खेकोटमा सुनिल कुमार बस्याल विजयी भएका छन्। बस्यालले नेकपा एमालेका खडानन्द न्यौपानेलाई ३२४ मतले पराजित गरे। वडा नं. २ मेहलधारा, बडीज्ञानटोलमा नेपाली कांग्रेसका महेश्वरलाल श्रेष्ठ विजयी भए। श्रेष्ठले नेकपा एमालेका मदनलाल बज्राचार्य लाई ४१२ मतले पराजित गरे। 
    
रामपुर नगरपालिका वडा नं १ गाँडाकोटमा कपिल बहादुर खाँण विजयी भए। कपिलले नेकपा एमालेका मिनबहादुर खाँणलाई १९६ मतले पराजित गरे। 
    
माथागढी गाउँपालिका वडा नं ८ बहादुरपुरमा नेपाली कांग्रेसका दिलबहादुर ढेंगा विजयी भए। ढेगांले नेकपा एमालेका नारायण सिं ठाडा लाई १०४ मतले पराजित गरे। वडा नं ७ रहवासमा नेपाली कांग्रेसका जंग बहादुर दर्लामी विजयी भए। दर्लामीले नेकपा एमालेका नेत्र बहादुर थापा लाई १०५ मतले पराजित गरे। 
    
बगनासकाली गाउँपालिका वडा नं ९ चापपानीमा नेपाली कांग्रेसका थानेश्वर तिमिल्सिना विजयी भए। तिमिल्सीनाले नेकपा एमालेका रण प्रताप खाणलाई ३९६ मतले पराजित गरे। 
    
नेकपा माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको छ। रैनादेवी छहरा गाउँपालिका वडा नंं १ सिद्धेश्वरमा नेकपा माओवादी केन्द्रका सोम बहादुर दर्लामी विजयी भए। दर्लामीले नेकपा एमालेका रोशन बुढा लाई ३५ मतले पराजित गरे। 
    
यसैगरी रम्भा गाउँपालिका वडा नं ५ ताहुँमा नेकपा एमाले विजय भएको घोषणा गरिएपनि खसेको मत भन्दा परिणामको मत बढी भएपछी मतगणना स्थगित भएको छ। 
    
पाल्पाको अहिले सम्मको परिणाममा जनताले पाटी, उम्मेदवार परिवर्तन गरेका छन। नेकपा एमालेले २०७४ सालको स्थानीय तह निर्वाचनमा गुमाएका ४ वडामा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले २०७४ सालको स्थानीय तह निर्वाचनमा गुमाएका २ वडामा जित हासिल गरेको छ। नेकपा माओवादी केन्द्रले २०७४ सालको स्थानीय तह निर्वाचनमा जितेको १ वडा गुमाएको छ। अन्य १२ वटा वडामा २०७४ सालकै परिणाम कायम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.