पाल्पाको तिनाउँ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी
तानसेन : पाल्पाको तिनाउँ गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी भएका छन्। नेकपा एमालेका श्रेष्ठले ६२४ मतले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठलाई पराजित गरे।
एमालेका उम्मेदवार श्रेष्ठले ५०९० मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादीका राजेश श्रेष्ठले ४४६६ मत ल्याई उपविजेता बने। विजेता श्रेष्ठ नयाँ अनुहार हुन भने, निकटतम प्रतिद्धन्दी राजेश श्रेष्ठ २०७४ सालको स्थानीयतह निर्वाचनमा तिनाउँ गाउँपालिकाको वडा नं २ दोभानको वडा अध्यक्ष भएका व्यक्ति हुन्।
यसैगरी उपाध्यक्षमा नेपाली काग्रेसका लाल बहादुर थापा विजयी भए। उपाध्यक्ष थापाले ६१७ मतले नेकपा एमालेकी सावित्रा गुरुङ राना लाई पराजित गरेका हुन् । विजेता थापाले ५०८२ मत प्राप्त गरे। एमालेकी उपाध्यक्ष उम्मेदवार रानाले ४४६५ मत प्राप्त गरी उपविजेता बनेको तिनाउँ गाउँपालिकाका निर्वाचन अधिकृत जर्नादन अधिकारीले जानकारी दिए।
२०७४ सालको स्थानीयत निर्वाचनमा नेकपा एमालेले अध्यक्ष, उपाध्यक्षसहित २ वटा वडामा विजय हासिल गरेको थियो भने नेपाली कांग्रेसले ३ वटा वडा र नेकपा माओवादी केन्द्रले १ वटा वडा विजय हासिल गरेको थियो। स्थानीयतह निर्वाचन २०७९ नेकपा एमालेले २ वटा वडा थप जित्न सफल भएको छ भने उपाध्यक्ष गुमाएको छ। नेपाली काग्रेसले उपाध्यक्ष थपेको छ भने १ वटा वडा गुमाएको छ। नेकपा माओवादी केन्द्रले भने जितेको वडा समेत गुमाएको छ।
प्रतिक्रिया दिनुहोस !