पाल्पा पूर्वखोला गाउँपालिकामा एमालेको क्लिन स्विप
तानसेन : पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा एमाले क्लिन स्विप विजयी हासिल गरेको छ। एमालेले पालिकाको ६ वटै वडा सहित अध्यक्ष र उपाध्यक्ष पदमा विजय हासिल गरी पालिका नै क्लिन स्विप गरेको हो।
पालिकाको अध्यक्षमा नेकपा एमालेका नुन बहादुर विजयी भए। थापाले ६०३९ मत प्राप्त गरी विजयी भएका हुन। उनले गठवन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका मिन प्रसाद गिरीलाई ४७८२ मतले पराजित गरेका हुन। उपविजेता गिरीले १२५७ मत मात्र पाएका थिए।
यसै गरी उपाध्यक्ष पदमा नेकपा एमालेकै भागिरथी भट्टराई ५,८९४ मत ल्याई विजयी भइन्। भट्टराईले गठवन्धनका उम्मेदवार नेपाली कांग्रेसकी विष्णुकुमारी आचार्यलाई ३६४४ फराकिलो मतले पराजित गरिन्। उपविजेता बनेकी नेपाली कांग्रेसकी आचार्यले २२५० मत पाएकी थिइन्।
यसैगरी वडा नम्बर १ सिलुवामा गिरिमान आले, वडा नं २ जल्पामा निरबहादुर सारु, वडा नं ३ मा रिङनेरहमा कृष्णप्रसाद भट्टराई, वडा नं ४ देवीनगरमा मा मेहरसिंह थापा, वडा नं. ५ विरकोटमा विष्णुकुमार पल्ली र वडा नं. ६ हेकलाङमा धनबहादुर घर्ती विजयी भएका छन्।
पाल्पाको पूर्वखोलामा स्थानीयतह निर्वाचन २०७४ मा पनि नेकपा एमाले क्लिन स्विप गरेको थियो। स्थानीयतह निर्वाचन २०७९ मा पालिका अध्यक्ष थापा र उपाध्यक्ष भट्टराई र वडा नं २ का वडा अध्यक्ष पुन निर्वाचित भएका जनप्रतिनिधी हुन भने अन्य ५ वटा वडाका अन्य निर्वाचित जनप्रतिनिधी नयाँ हुन्।
प्रतिक्रिया दिनुहोस !