डडेल्धुरामा २ पालिकासहित २१ वडामा कांग्रेस, एक पालिकामा माओवादी विजयी
डडेल्धुरा : डडेल्धुरामा ३ पालिकासहित ३४ वडामा मतगणना सम्पन्न भएको छ। जसमध्ये २ पालिकामा कांग्रेस र एक माओवादी केन्द्रले जित हासिल गरेको छ। गन्यापधुरा गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा ईन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठीले जितेका छन्। नवदुर्गामा कांग्रेस कै लक्ष्मी प्रसाद अवस्थी र निर्मला वोगटी विष्टले जित हासिल गरेका हुन्। आलिताल गाउँपालिकामा माओवादीका शेरसिंह पार्की र मैना कुमारी रावल बोहराले जितेका छन्।
अमरगढी नगरपालिकामा मकांग्रेसका उमेदवार अगाडि छन् भने वीपीकांग्रेसले पछ्याई रहेको छ। अन्य ४ पालिकामध्ये २ मा कांग्रेस अगाडि छ। भने २ पालिकामा माओवादी केन्द्र अगाडि रहेको छ। गन्यापधुरामा ४ वडा र नवदुर्गामा २ वडासहित अध्यक्ष उपाध्यक्ष कांग्रेसले जितेको छ। गन्यापधुरामा १ वडा वीपी कांग्रेस र नवदुर्गामा १ वडा माओवादीले र २ वडा समाजवादीले जितेको छ।
त्यसैगरी आलितालमा ४ वडासहित अध्यक्ष उपाध्यक्ष माओवादीले जितेको छ भने बाँकी २/२ वडा कांग्रेस र एमालेले जित हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ। अमरगढी नगरपालिकामा भने नेपाली कांग्रेसले ६ वडामा जित हासिल गरेको छ। बाँकी ६ वडाको मतगणना भइरहेको छ। मेयर उपमेयरमा कांग्रेस अगाडि रहेको छ। कांग्रेस वीपीले मेयरमा र एमालेले उपमेयरमा कांग्रेसका उमेदवारलाई पछ्यारहेका छन्।
अजयमेरु गाउँपालिकामा २ वडा कांग्रेसले जितेको छ। १/१ वडा माओवादी र एमालेले र स्वतन्त्रले जित हासिल गरेको छ। बाँकी २ वडाको मतगणना भइरहेको छ। त्यसैगरी भागेश्वर गाउँपालिकामा ३ वडा कांग्रेसले जितेको छ भने १ वडा स्वतन्त्र उम्मेदवारले जितेका छन्। १ वडाको मतगणना भइरहेको छ। गाउँपालिका माओवादीका अध्यक्ष उमेदवारलाई एमालेले र उपाध्यक्षमा नेपाली कांग्रेस अगाडि रहेको छ भने एमाललेले पछ्याइरहेको छ।
प्रतिक्रिया दिनुहोस !