कमलबजार प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी
अछाम : अछामको कमलबजार नगरपलिकाको नतिजा सार्वजनिक भएको छ। कमलबजार नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन्।
नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका यज्ञप्रसाद ढकाल विजयी भएका छ्न्। ढकालले ४ हजार २८८ मतले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कटक साउँदले ४ हजार ६५ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेकपा एमालेका शारदाकुमारी बिष्ट विजयी भएकी छन्।
उनी ४ हजार ५२८ मतका साथ विजयी भएकी हुन। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका गौरी बिष्ट भण्डारीले ३ हजार ६४८ मत प्रात गरेकी छन्।
दश वडा रहेको कमलबजारमा ७ नेकपा एमाले, २ कांग्रेस र १ स्वतन्त्रले जितेका छन्। वडा नं १ स्वतन्त्र भक्तबहादुर बोहरा, वडा नं २ मा कांग्रेसका दिर्घ टमट्टा, वडा नं ३ एमालेका नन्दसि कुँवर, वडा नं ४ एमालेका मिनबहादुर साउद, वडा नं ५ एमालेका सत्यराज तिमिल्सैना, वडा नं ६ मा एमालेका लालबहादुर शाह, वडा नं ७ मा एमालेका नृपबहादुर बोहरा, वडा नं ८ एमालेका प्रजाबहादुर बोगटी, वडा नं ९ एमालेका कमलप्रसाद बजगाई र वडा नं १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन्। ०७४ स्थानीय तहको निर्वाचनमा प्रमुख उपप्रमुख दुवै कांग्रेसले जितेको थियो।
प्रतिक्रिया दिनुहोस !