धनुषाको औरही गाउँपालिकाको दुई वडामा कांग्रेस विजयी
जनकपुरधाम : धनुषाको औरही गाउँपालिकाको दुई वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।
औरही गाउँपालिका वडा नं. १ र २ मा नेपाली कांग्रेसका वडा अध्यक्षसहित ३ जना विजयी भएका छन्।
कांग्रेसका अशेश्वर यादवले ८९६ मत ल्याएर निर्वाचित भएका हुन् ।
वडा सदस्यहरुमा पनि कांग्रेसकै ४ जना उम्मेदवारहरु विजयी भएका छन् ।
महिला सदस्यमा सकिना खातुनले ८७९, दलित महिला सदस्यमा बेचनी कुमारी दासले ८९६ र सदस्यमा रामअशिष चौधरीले ८७२ मत पाएका छन् ।
औरही गाउँपालिकाको एक सदस्य पदमा भने नेकपा एमालेका भुप नारायण यादवले ८६६ मत ल्याएर निर्वाचित भएका छन् ।
यसैगरी, वडा नं. २ मा नेपाली कांग्रेसकै श्रीकिसुन यादवको प्यानल हित विजयी भएको छ ।
प्रतिक्रिया दिनुहोस !