डडेल्धुराको अजयमेरुमा माओवादीका भट्ट विजयी

डडेल्धुराको अजयमेरुमा माओवादीका भट्ट विजयी

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा नेकपा माओवादीका उमेशप्रशाद भट्ट विजयी भएका छन्। भट्ट दोस्रो कार्याकालका लागि पुन: विजयी भएका हुन्।
 
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अजयमेरु गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार उमेशप्रसाद भट्ट २,४६९ मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी(एमाले) उम्मेदवार पदमबहादुर पाललाई १७२ मतान्तरले पराजित गरेका हुन्। पराजित पदमबहादुर पालले २,२९७ मत ल्याएका छन्।

उपाध्यक्षमा कांग्रेसका उम्मेदवार बशन्ती पालले २५६५ मत ल्याएर विजयी हासिल गरेका छन्। उनले २५६ले पछि पार्दै माओवादीका उम्मेदवार कलावती भाडलाई पराजित गरेका हुन्। कलावतीले २३०९ मत मात्रै प्राप्त गरेका छन्। कलावती यो भन्दा पहिले उपाध्यक्ष पदमा जित हासिल गरेका हुन्।

अजयमेरु गाउँपालिकामा वडा नं १ र ६ कांग्रेस, २ र ४ माओवादी वडा नं ५ मा एमाले र वडा नं ३ मा स्वतन्त्र उमेदवारले जितेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.