जनकनन्दिनी गाउँपालिकामा अध्यक्ष जसपा र उपाध्यक्षमा कांग्रेस निर्वाचित
जनकपुरधाम : धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपिन देव निर्वाचित भएका छन्। यादवले ३ हजार १५७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुदेशकुमार चौधरीले २ हजार ७७८ मत ल्याएका हुन्।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी कमला सहगल निर्वाचित भएकी हुन्। उनले २ हजार ९९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्दी जसपाकी गिता सुडीले २ हजार ८४० मत ल्याएकी छन्।
यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष, उपाध्यक्षसहित केही वडामा नेपाली कांग्रेसले विजय हासिल गरेका थिए।
प्रतिक्रिया दिनुहोस !