स्याङ्जा कालीगण्डकीको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

स्याङ्जा कालीगण्डकीको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

स्याङ्जा : कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा र सावित्रा कोइराला निर्वाचित भएका छन्। थापाले आपना प्रतिस्पर्धी नेपाली कांग्रेसका माया रानालाई १ हजार ६४५ मत अन्तरले पछि पार्दै विजयी भएका हुन्। 

उनले ६ हजार ७०० मत पाएका थिए भने  रानाको ५ हजार ५५ मत छन्। उपाध्यक्ष कोइरालाले ६ हजार २२३ मत पाइन्। उनका प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले ४ हजार ८३९ मत पाए। कोइरालाले १ हजार ३ सय ८४ मतान्तरले विजयी भइन्।

गाउँपालिकाको वडा नं १, ३ र ६ मा एमालेका अध्यक्ष क्रमश: कृष्णबहादुर लामिछाने, देवेन्द्रकुमार थापा र सुन्दरप्रसाद अधिकारी निर्वाचित भएका छन्। अन्य वडामा २, ४, ५ र ७ मा गठबन्धनतर्फका खगिसरा आले, यावदप्रसाद पाण्डे, रुकबहादुर थापा र ७ मा प्रकाश भट्टराई विजयी भएका हुन्।

यसअघि, २०७४ स्थानीय निर्वाचनपछि थापा र कोइरालाले नै अध्यक्ष र उपाध्यक्ष थिए। गाउँपालिकामा १७ हजार ९३८ जना मतदाता भए पनि १२ हजार २७१ ले मात्र मतदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.