सिरहामा एमालेको गढमा कांग्रेस विजयी

सिरहामा एमालेको गढमा कांग्रेस विजयी

सिरहा : सिरहाको लहान नगरपालिका ५ मा नेपाली कांग्रेसका वडाध्यक्ष, वडा सदस्य प्यानलसहित निर्वाचित भएका छन्। 

वडअध्यक्षमा कांग्रेसका अब्दुल करिमले एमालेका उम्मेदवार रिसायत लिमीभन्दा १४० मत बढी ल्याएर विजयी भएका हुन्। 

करिमले ७३७ र लिमीले ५९७ मत प्राप्त गरेका छन् । विगतको निर्वाचनमा यो ठाउँमा कांग्रेसले जित्न सकेको थिएन । करिमले पहिलो पटक एमालेको गढमा जित हात पारेका हुन्। ।

लहान नगरपालिकामा एमालेबाट मेयर पदका उम्मेदवार पनि यही वडाका मुनी साह हुन् । उनी ०७४ मा मेयरमा निर्वाचित भएका थिए । वडा पनि एमालेले नै जितेको थियो ।

हालसम्म मतगणना भएको वडा १ मा  युगलकिशोर चौधरी, २ मा  सियाराम यादव, ३मा  रामदयाल महतो, ५ मा अब्दुल करिम, ६ मा रमेश गौतम, ७ मा रामअवतार शर्मा, र ८ मा श्याम साह (भोरेभोर) कांग्रेसका उम्मेदवारहरु प्यानलसहित विजयी भएका हुन्। 

वडा ४ मा जनता समाजवादी पार्टीका उम्मेदवार रामनाथ पंडित विजयी भएका छन्।

मेयरमा पदका कांग्रेसका उम्मेदवार महेश प्रसाद चौधरीको अग्रता सुरुदेखि कायमै छ । उनले हालसम्म ६१४३ मत प्राप्त गरेको छ भने एमालेका उम्मेदवार मुनी साह ३२३४ मत ल्याएर दोस्रो स्थानमा छन्।  

उपमेयरमा पनि एमालेका उम्मेदवार सरियार चौधरीभन्दा रामचलितर महतो अगाडि छन् । चौधरी ०७४ को निर्वाचनमा उपमेयर निर्वाचित भएका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.