दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन
भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । उद्योग वाणिज्य संघ सिद्धार्थनगरका पर्यटन विभाग प्रमुख सञ्जय बजिमयका अनुसार साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ।
एउटा मात्र रनवेका कारण ट्राफिक चाप हुने गरेकाले चाप व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए। तीन हजार मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा बोइङ ७७७ एयर बस ३३० र सोही क्षमताका वाइडबडी विमान उडान अवतरण गर्न सकिनेछ।
८ वर्षमा विमानस्थल निर्माण सम्पन्न भएको हो। एसियाली विकास बैंकको ११ अर्ब सहुलियतपूर्ण ऋणमा निर्माण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। टर्मिनल भवन पनि छिट्टै बनाउने जनाइएको छ। विमानस्थल सञ्चालनमा आएपछि आपत्कालीन अवस्थामा जहाज भारत वा बंगलादेश डाइभर्ट गर्नुपर्ने अवस्थाको समेत अन्त्य हुनेछ। काठमाडौं बाहिर र मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यसले आर्थिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा
गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान
नेपालमा सात दशकपछि दोस्रो विमानस्थल सञ्चालनमा आएको छ। सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुबेतको जजिरा एयरवेज ३३० नियो विमानले व्यावसायिक उडान गरेको हो। यहाँबाट व्यावसायिक उडान र अवतरण गर्ने जजिरा पहिलो वायुसेवा कम्पनी बनेको छ। सोमबारै प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गरेका हुन्। जजिरा एयरवेजकी अपरेसन प्रमुख संगीता रौनियारका अनुसार १६८ क्षमताको विमानले ६८ जना यात्रु लिएर आएको हो। विमान कुबेतबाट साउदी अरेबियाको रियाद, कतारको दोहा र दुबई हुँदै यहाँ अवतरण गरेको हो। 
अवतरणपछि पानीको फोहोराले स्वागत गरिएको थियो। यहाँबाट १ सय ६६ जना यात्रु बोकेर गएको छ। ‘हाललाई हप्तामा तीन दिन (सोमबार, बुधबार र शुक्रबार) उडान हुनेछ,’ उनले भनिन्, ‘विस्तारै सातै दिन उडान गर्ने योजनामा छौं।’ एअर अरेबिया र फ्लाई दुबईले पनि यहाँ उडान गर्ने तयारी गरिरहेका छन्। यहाँबाट साउदी जान पाउँदा खुसी लागेको पाल्पाका रविन भट्टराईले बताए। काठमाडौंबाट भन्दा भाडादर पनि सस्तो रहेको तिलोत्तमाका खगेश्वर पाण्डेले बताए। उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले बौद्धमार्गी पर्यटक भित्र्याउन विमानस्थलले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरे। ‘आज नेपालका लागि ऐतिहासिक दिन हो, हामीले नयाँ विमानस्थल पाएका छौं’, उनले भने, ‘यसले नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिनेछ।’
यसले बौद्धमार्गीको लुम्बिनी आगमन बढाउने अपेक्षा राखिएको छ। गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी र सिंगो मुलुकका लागि विमानस्थल सञ्चालनमा आउनु ऐतिहासिक सफलता भएको बताए। पर्यटनमन्त्री प्रेम आलेले अथक प्रयास पछि विमानस्थल उद्घाटन र सञ्चालनको अवस्थामा आएको जनाए।
तीन हजार मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा बोइङ ७७७ एयर बस ३३० र सोही क्षमताका वाइडबडी विमान उडान अवतरण गर्न सकिनेछ। ८ वर्षमा विमानस्थल निर्माण सम्पन्न भएको हो। एसियाली विकास बैंकको ११ अर्ब सहुलियतपूर्ण ऋणमा निर्माण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। टर्मिनल भवन पनि छिट्टै बनाउने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !