धनुषाको औरही गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी
जनकपुरधाम : धनुषाको औरही गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिका अध्यक्ष पदमा उमाशंकर प्रसाद साह र उपाध्यक्षमा पुनम कुमारी साह विजयी भएकी हुन्
अध्यक्ष उमाशंकर साहले ३ हजा ३२६ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रहमदेव यादव २ हजार ९२३ मतमै सिमित हुन पुगे ।
यस्तै, उपाध्यक्षमा एमालेकै पुनम कुमारी साह २ हजार ९४९ मत ल्याएर विजयी भएकी हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिकि कुमारी मण्डल २ हजार ७९० मत ल्याएकी हुन् ।
यस्तै वडा नं. १ मा कांग्रेसका अशेश्वर यादव, २ मा किसुन यादव, ३ मा गंगा प्रसाद यादव, ४ मा जीनीस लाल मण्डल, ५ मा जसपाका सरोज कुमार मण्डल र ६ मा शंकर प्रसाद साह निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस !