डडेल्धुराका चारमा पालिकामा कांग्रेस र २ मा माओवादी विजयी
डडेल्धुरा : डडेल्धुराका सातवटा स्थानीय तह मध्ये ६ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ। जसमा चारवटामा कांग्रेस विजयी भएको छ भने २ मा नेकपा माओवादी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका १० वडासहित मेयर उपमेयरमा कांग्रेस विजयी भएको छ। अमरगढीमा कांग्रेसका डिल्लीराज जोशी र उपमेयरमा पार्वती झुकाल विजयी भएका छन्। मेयरमा जोशी ३६१९ र उपमेयरमा झुकालले ३६७८ मतल्याई विजयी भएका हुन्। अमरगढीमा ९ हजार ७ सय ९२ मत खसेको थियो।
त्यसैगरी जिल्लाको भागेश्वर गाउँपालिकामा पनि नेपाली कांग्रेसकै हेमरराज चटौत र पुष्पा ठकुराठी अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन्। भागेश्वर गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार हेमराज चटौत २,३११ मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार रामबहादुर शाहीलाई १,२३३ मतान्तरले पराजित गरेका हुन्। पराजित रामबहादुर शाहीले १,०७८ मत ल्याएका छन्। भने उपाध्यक्ष पुष्पा ठकुराठीले २३४८ मतल्याई विजयी भएका हुन भने उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका गिता भट्ट्ले ८३२ मत मात्रै ल्याएका छन्। भागेश्वरमा कांग्रेसले चारवडासहित पालिकामा विजयी भएको हो।
त्यसैगरी गन्यापधुरा गाउँपालिकामा पनि चार वडासहित अध्यक्ष र उपाध्यक्ष कांग्रेसका ईन्द्र काकी र ज्ञानु सेठीले जितेका छन्। नवदुर्गा गाउँपालिकामा पनि कांग्रेसले २ वडासहित अध्यक्ष उपाध्यक्षमा लक्ष्मीप्रशाद अवस्थी र निर्मला विष्ट वोगटीले जित हासिल गरेका छन्।
अजयमेरु गाउँपालिकामा नेकपा माओवादीका उमेशप्रशाद भट्ट विजयी भएका छन्। भट्ट दोस्रो कार्याकालका लागि पुन विजयी भएका हुन्। अजयमेरु गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार उमेशप्रसाद भट्ट २,४६९ मत ल्याई विजयी भएका छन्। तर उपाध्यक्षमा भने कांग्रेसका उम्मेदवार बसन्ती पालले २५६५ मतल्याई विजयी भएका छन्।
अजयमेरु गाउँपालिकामा वडा नं १ र ६ कांग्रेस, २ र ४ माओवादी वडा नं ५ मा एमाले र वडा नं ३ मा स्वतन्त्र उमेदवारले जितेका छन्। अमरगढी नगरपालिकामा मतगणना भएका मध्ये आठ वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ। भने वडा नं ८ मा विपि कांग्रेसले जितेको छ। अन्य दुई वडाको मतगणना भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !