धनुषाको सहिदनगरमा माओवादीले खाता खोल्यो
जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी माओवादीको लालकिल्ला मानिएको सहिदनगर नगरपालिकामा माओवादी केन्द्रले एक वडामा विजयी हाँसिल गरेको छ ।
सहिदनगर नगरपालिकाको वडा नं. ५ बाट माओवादी केन्द्रका सुरेश कापर निर्वाचित भएका हुन् ।
कापरले ७ सय ६२ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटत्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामरतन पासमानले ७ सय ३६ मत ल्याएर पराजय भोग्नु परेको छ ।
प्रतिक्रिया दिनुहोस !