मंगलसेन नगरपालिकाको प्रमुखमा दोहोरिए बोहरा

मंगलसेन नगरपालिकाको प्रमुखमा दोहोरिए बोहरा

अछाम: अछामको मंगलसेन नगरपलिकाको नतिजा सार्वजनिक भएको छ। नगरपालिका प्रमुख र उप प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन्। 

नगरपालिकाको प्रमुखमा एमालेका पदमबहादुर बोहरा ५ हजार ७३७ मतसहित पुन दोहोरिएका छ्न्। बोहराका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नमबहादुरशाहीले ५ हजार २ मत प्राप्त गरेका छ्न्। कांग्रेस र समाजवादी गठबन्धनलाई पराजित गर्दै बोहरा विजयी भएका हुन्। 

२०७४ को निर्वचनमा पनि कांग्रेस माओवादी गठबन्धनलाई बोहराले पराजित गरेका थिए। उपप्रमुखमा एमालेका संगिता रावल सोडारी विजयी भएकी छ्न्। सोडारीले ५ हजार ७१९ मतप्राप्त गरेकी छ्न्। उनका निकटतम प्रतिद्वन्द्वी समाजवादीका बमबहादुर रावलले ३ हजार ७५ मतपाएका छ्न्। 

१४ वडा रहेको  मंगलसेनमा १० नेकपा एमाले, ४ कांग्रेसले जितेका छ्न्। वडा नं १ एमालेका लोकराजनाथ ,वडा नं २ मा एमालेका देब बोगटी, वडा नं ३  एमालेका बृख बोगटी, वडा नं ४ कांग्रेसका नामसिहधामी, वडा नं ५ एमालेका झंकर भाट, वडा नं ६ मा एमालेका देबेन्द्र भणडारी, वडा नं ७ मा एमालेका राजबहादुर शाही, वडा नं ८ मा  एमालेका ज्ञानेन्द्र बोहरा, वडा नं ९ मा एमालेका पदमबहादुर बोहरा, वडा नं १० मा एमालेका जनक कुँवर, वडा नं ११ कांग्रेसका नरबहादुर भण्डारी, वडा नं १२ मा कांग्रेसका खगेन्द्र रावल, वडा नं १३ कांग्रेसका हिक्मत बोगटी र वडा नं १४ मा एमालेका शिवबहादुर बोगटी विजयी भएका छन्। २०७४ सालको निर्वाचनमा एमालेले ५ वडा मात्र जितेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.