जनकपुरधामको २५ को वडाध्यक्षमा कांग्रेसका साह निर्वाचित, कुन वडामा कस्तो जित ?

जनकपुरधामको २५ को वडाध्यक्षमा  कांग्रेसका साह निर्वाचित, कुन वडामा कस्तो जित ?

जनकपुरधाम : जनकपुरधाम उप–महानगरपालिका २५ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । 

नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार चन्देश्वर साह प्यानलसहित निर्वाचित भएका हुन् ।

साह २१७ मतको फराकिलो अन्तरले निर्वाचित भएका छन् । 

साहले ७०६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मो.कमरुद्दिन ४८९ मतमा सिमित भए ।

त्यस्तै, एमालेकी उर्मिला कुमारी यादवले ४१० र जसपाका जोगेन्द्र पासवानले ३९७ मत ल्याएका छन् ।

 यसअघि जनकपुरधाम उप–महानगरपालिका १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित भइसकेका छन् भने वडा नम्बर–२ को वडा अध्यक्षमा पनि नेपाली कांग्रेसकै शिवकुमार साह ६११ मत सहित निर्वाचित भइसकेका छन् ।

त्यस्तै, वडा नम्बर–३ को वडा अध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मत ल्याइ निर्वाचित भएका हुन् भने वडा नम्बर–४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

त्यस्तै, वडा नम्बर–५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह २९१ मत ल्याएर निर्वाचित भइसकेका छन् भने वडा नम्बर–६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिनेश साह ३३१ मत प्राप्त गरी विजयी भइसकेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.