धनुषाको शहीदनगरको मेयरमा जसपा र उपमेयरमा कांग्रेस निर्वाचित
जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकामा जनता समाजवादी पार्टीका मेयर र नेपाली कांग्रेसका उपमेयर निर्वाचित भएका छन् ।
मेयरमा जसपाका दिनेश प्रसाद यादब निर्वाचित भएका हुन् ।
उनले ५ हजार ७४३ मत प्राप्त गरेका हुन् भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुधिर कुमार गोईत ४ हजार १ सय ५ मत प्राप्त गरेका हुन् ।
यस्तै उपमेयरमा कांग्रेसकी सुनिता कुमारी सिंह निर्वाचित भएकी छन् ।
उनले ४ हजार ९३१ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्दी जसपाकी लक्ष्मिनिया कुमारी मण्डल ४ हजार ७९१ मत ल्याइन् ।
प्रतिक्रिया दिनुहोस !