जनकपुरधाममा गठबन्धन भन्दा स्वतन्त्रको अग्रता कायमै, गठबन्धनका उम्मेदवार पुच्छारमा

जनकपुरधाममा गठबन्धन भन्दा स्वतन्त्रको अग्रता कायमै, गठबन्धनका उम्मेदवार पुच्छारमा

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धन भन्दा मेयरका स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन्। उपमहानगरपालिकाको २५ मध्ये १४ वटा वडाको मतगणना सम्पन्न हुँदासम्म मनोजले अग्रता कायम राखेका हुन्।

स्वतन्त्र भएर चुनाव लडेका मनोजले अग्रता लिइरहँदा गठबन्धनका मेयर उम्मेदवार जसपाका लालकिशोर साह भने पाँचौ स्थानबाट माथि उक्लिन सकेका छैनन्। अग्रता बनाएका मनोजभन्दा ५ हजार ३१९ मतले निवर्तमान मेयर लालकिशोर साह पछाडि छन्।

मतगणनाको पछिल्लो परिणामअनुसार घण्टाघर चुनाव चिह्न लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार मनोजले ७ हजार २६९ मत ल्याउँदा लालकिशोरले जम्मा १ हजार ९५० मत प्राप्त गरेका छन्।

मनोजलाई नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ५ हजार ३१ मत ल्याएर पछ्याइरहेका छन्। उता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मेयर पदका उम्मेदवार मनोज चौधरीले २ हजार ७६५ मत ल्याएका छन्। यस्तै मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका निर्माण व्यवसायी बलराम महतो २ हजार २९८ मत ल्याएका छन्।

पूर्वउपमेयरसमेत रहेका किशोरीले ८ हजार ५०८ मत प्राप्त गरेका छन्। उनलाई एमालेकी रुना झाले पछ्याइ रहेकी छिन्। झाले ५ हजार ७६० मत ल्याउँदा लोसपाबाट उम्मेदवार बनेकी निवर्तमान मेयर रीताकुमार मिश्रले २ हजार ७५८ मतमात्रै ल्याएकी छन्।

सार्वजनिक परिणामअनुसार कांग्रेसले १४ वडामध्ये ८ कांग्रेस, ३ एमाले, १ तमलोपा, १ लोसपा र १ स्वतन्त्रमा जित निकालेको छ। उपमहानगरपालिकाको वडा नम्बर १ देखि ९ र २१ देखि २५ सम्मको मतगणना सम्पन्न भइसकेको छ।

सत्ता गठबन्धनको भागबन्डामा नेपाली कांग्रेसले जनकपुरधामको मेयर जनता समाजवादी पार्टी (जसपा) लाई छाडेपछि कांग्रेस उपमहानगर समितिका सभापति रहेका मनोज कुमार साहले राजीनामा दिएर उम्मेदवारी दिएका थिए। पाँच दलीय गठबन्धनको भागबन्डामा उपमेयर पाएको कांग्रेसको पनि अग्रता कायम छ। कांग्रेसका उपमेयर उम्मेदवार किशोरी साहले सुरुदेखि अग्रता बनाएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.