गठबन्धनले पाल्पामा कांग्रेसलाई घाटा, एमाले पुरानै अवस्थामा

गठबन्धनले पाल्पामा कांग्रेसलाई घाटा, एमाले पुरानै अवस्थामा

तानसेन : पाल्पाको १० वटै स्थानीयतहमा विजय हासिल गर्ने गरी भएको सत्तापक्षीय गठबन्धनमा नेपाली कांग्रेसलाई घाटा भएको छ। नेपाली कांग्रेस पाल्पाले २०७४ सालको विरासत जोगाउन सकेन। गठबन्धनको कारण सबैभन्दा बढी फाइदा नेकपा माओवादी केन्द्रले हात पारेको छ भने राष्ट्रिय जनमोर्चा नेपाल पनि फाइदामा पुगेको छ। सत्ता साझेदारी गठबन्धनका नेकपा एकीकृत समाजवादी भने वडा सदस्यमा मात्र चित्त बुझाउनु परेको छ।  जनता समाजवादी पाटीले पाल्पामा एक वडा सदस्यसमेत जीत्न सकेन। 
    
नेपाली कांग्रेसले २०७४ सालको स्थानीय निर्वाचनमा ४ प्रमुख र ३ उपप्रमुख र ३७ वटा वडा जीतेको थियो भने अहिलेको स्थानीय निर्वाचन २०७९ मा ३ प्रमुख ३ उपप्रमुख र ३४ वटा वडामा सीमित बनेको छ। नेपाली कांग्रेस पाल्पाले २०७९ को निर्वाचनमा विगतमा भन्दा  १ प्रमुख र ३ वटा वडा गुमाएको छ। 

    
यो स्थानीय निर्वाचनमा माओवादी केन्द्र पाल्पा भने फाइदामा पुगेको छ। २०७४ को स्थानीय निर्वाचनमा ४ वडामा मात्र सिमित रहेको माओवादी केन्द्रले  अहिले १ अध्यक्ष, १ उपाध्यक्ष र १ नगर उपप्रमुखसहित ५ वडामा जीत हासिल गरेको छ। गठबन्धनले राष्ट्रिय जनमोर्चालाई फाइदा पुगेको छ। जनमोर्चाले १ वडा अध्यक्ष र २ वटा वडा सदस्यमा विजय हासिल गरेको छ। 
    
नेकपा एमाले पाल्पाले भने २०७४ सालकै पुरानै विरासत कायम गरेको छ। एमाले पाल्पाले ६ प्रमुख, ५ उप-प्रमुख र ४१ वटा वडामा विजय हासिल गरेको छ। एमाले पाल्पाले  २०७४ सालमा ६ प्रमुख र ७ उप प्रमुख ४० वटा वडामा जीतेको थियो। एमालेले अहिले २ वटा उप-प्रमुख गुमाएको छ भने १ वटा वडा थपेको छ। 

पाल्पामा २०५१ साल देखी नेकपा एमाले पहिलो पाटी रहँदै आएकोमा २०७९ को स्थानीयतह निर्वाचनमा पनि पहिलो पाटी नै भएको छ। यो चुनवी नतिजासँगै जिल्ला समन्वय समिति पनि नेकपा एमालेको पोल्टामा पुगेको छ। जिल्ला समन्वयको प्रमुख, उप-प्रमुखसहित सदस्यको निर्वाचनको लागि पाल्पाका १० पालिका प्रमुख उप-प्रमुख गरी २० जनाको मताधिकार रहेकोमा नेकपा एमालेका ११, नेपाली कांग्रेसको ६ र माओवादी केन्द्रको ३ मत रहेको छ। 

पाल्पामा गठबन्धनले रैनादेवीछहरा, रिव्दीकोट, तानसेन नगरपालिका र रामपुर नगरपालिकामा जीत हासिल गरेको छ भने नेकपा एमालेले निस्दी, पुर्वखोला, रम्भा, माथाँगढी बगनासकाली र तिनाउँ गाउँपालिकामा जीत हासिल गरेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.