पाल्पामा एमालेले जित्यो ४८ प्रतिशत जनप्रतिनिधि

पाल्पामा एमालेले जित्यो ४८ प्रतिशत जनप्रतिनिधि

तानसेन : नेकपा एमाले पाल्पाले स्थानीय तह निर्वाचन २०७९ मा ४८ प्रतिशत जनप्रतिनिधिले जीत हासिल गरी जिल्लाको सबैभन्दा ठुलो दल बनेको छ। नेकपा एमाले पाल्पाले ४२५ जना निर्वाचित जनप्रतिनिधिमध्ये २०४ वटामा जीतेको छ। 

जसमा एमाले पाल्पाले प्रमुख तथा अध्यक्षमा ६ जना, उप-प्रमुख वा उपाध्यक्षमा ५ जना, वडा अध्यक्षमा ४१ जना, महिला सदस्य ३९ जना, दलित महिला सदस्य ३७ जना र खुला सदस्यमा ७६ जना गरी २०४ जना जनप्रतिनिधि विजयी भएका छन्। 

गठबन्धन दलको सबैभन्दा ठुलो पाटी नेपाली कांग्रेस पाल्पाबाट ४४.९४ प्रतिशत जनप्रतिनिधि मात्र निर्वाचित भएका छन्। जसमा प्रमुख वा अध्यक्षमा ३ जना, उप-प्रमुख वा उपाध्यक्षमा ४ जना, वडा अध्यक्षमा ३६ जना, महिला सदस्यमा ३७ जना, दलित महिला सदस्यमा ३८ जना र खुला सदस्यमा ७३ जना गरी १९१ जना उम्मेदवार मात्र जनप्रतिनिधिको रुपमा निर्वाचित भएका छन्। जसमध्ये नेपाली कांग्रेसको रुख चिन्ह लिएर उम्मेदवारी दिएका एक नगर उप-प्रमुख र २ जना वडा अध्यक्ष नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु हुन्। 

    
नेकपा माओवादी पाल्पाको स्थानीय तह निर्वाचनमा ५.८८ प्रतिशत उम्मेदवार मात्र जनप्रतिनिधिमा निर्वाचित भएका छन्। जसमा प्रमुख तथा अध्यक्षमा १ जना, उप-प्रमुख तथा उपाध्यक्षमा १ जना, वडा अध्यक्षमा ३ जना, महिला सदस्यमा ४ जना, दलित महिला सदस्यमा ५ जना र खुला सदस्यमा ११ जना गरी २५ जना उम्मेदवार जनप्रतिनिधिमा निर्वाचित भएका छन्। 
    
राष्ट्रिय जनमोर्चा पाल्पा १.१८ प्रतिशत उम्मेदवारलाई जनप्रतिनिधिमा निर्वाचित गर्न सफल भएको छ। जनमोर्चाका १ वडा अध्यक्ष, १ महिला सदस्य, १ दलित सदस्य र २ खुला सदस्य गरी ५ जना उम्मेदवार मात्र जनप्रतिनिधिमा जनताबाट अनुमोदन भएका छन्। 
    
जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्रपाटी, राष्ट्रिय जनमुक्ति पाटीले पाल्पामा एक सदस्यमा पनि खाता खोल्न सकेनन्। राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल, उन्नत लोकतन्त्र पाटी, नेशनल मंगोल अर्गनाइजेशन, नेपाली कांग्रेस वि.पि., सामाजिक एकता पाटी र नेकपा माले पाटीले पनि पाल्पामा एक सदस्यसमेत जीत्न सकेनन्। 

पाल्पामा १४ वटा राजनितिक दलहरु स्थानीय निर्वाचनको लागि दर्ता भए पनि ४ पाटीले मात्र जनमत पाएका छन् भने १० वटा पाटी जनमतविहीन बनेका छन्। २०७९ सालको स्थानीयतह निर्वाचनको नतिजाले एमाले र कांग्रेसले मात्र ९३ प्रतिशत जनप्रतिनिहरु ओघटेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.