काठमाडौंको फोहोर बन्चरेडाँडामा विसर्जन

काठमाडौंको फोहोर बन्चरेडाँडामा विसर्जन

काठमाडौं : नुवाकोटको सिसडोल ल्यान्डफिल्डसाइट भरिएर काठमाडौं उपत्यकाको फोहोर उठाउन समस्या देखिएपछि मंगलबारदेखि बन्चरेडाँडा ल्यान्डफिल्डसाइट सञ्चालनमा आएको छ। काठमाडौं उपत्यकाको फोहोर धादिङको धुनीबेंसीस्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा विसर्जन गर्न सुरु गरिएको हो । 

सिसडोल आसपासका बासिन्दाले विभिन्न बहानामा लामो समयदेखि फोहोर विर्सजन गर्न नदिएर हड्ताल गरिरहेका थिए। जसले गर्दा उपत्यकामा लामो समयदेखि फोहोर थुप्रिएर समस्या परेको थियो। मंगलबार बिहान सुरक्षाकर्मीको सहयोगमा ९० वटा गाडीले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटको सेल १ मा फोहर फालेका छन्। काठमाडौं महानगरपालिका वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार शहरी तथा

वातावरणमन्त्री रामकुमारी झाँक्रीको समन्वयमा मंगलबार पहिलोपटक बन्चरेडाँडामा फोहोर पठाइएको हो। 

गत फागुनदेखि यता  स्थानीयवासीले ४० दिन हड्ताल गरेको कारण उपत्यकाको फोहोर उठाउन कठिन भएको बताउँदै राईले विरोधका बहाना फोहोरलाई बनाउन नहुने तर्क गरिन्। भन्छिन्, ‘फोहोर उठाउने गाडी रोकेर के–के विरोध हुन्छ ?’

स्थानीयले विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर विसर्जन गर्न नदिने अडान राख्दै आएका थिए। १ हजार ७३५ रोपनी जग्गामा फैलिएको बन्चरेडाँडा ल्यान्डफिल्डसाइट आसपासका स्थानीयले रोजगार दिनुपर्ने, थप जग्गा अधिग्रहण गर्नुपर्ने, फोहोर बिर्सजन गर्नुअघि स्थानीयसँग समन्वय गर्नुपर्नेलगायतको माग राखेको राईले बताए।

सोमबार गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने निर्णय गरेको थियो। मंगलबार फोहोर बोकेका गाडीहरू बन्चरेडाँडा पुग्दा प्रहरीले सुरक्षा दिएका थिए। स्थानीयले भने उनीहरूसँग समन्वय नगरेकाले आन्दोलन गर्ने चेतावनी दिएका थिए। सिसडोलमा फोहोर भरिएपछि उपत्यकाको फोहोर बिसर्जन हुन सकेको थिएन। बन्चरेडाँडामा फोहोर फाल्न सुरु गरेपछि अब सहज हुने विश्वास गरिएको छ। 

शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माका अनुसार सिसडोल भरिएर उपत्यकाको फोहोर उठाउन नसकिएपछि मन्त्रालयले महानगरसँग समन्वय गरेको थियो। धादिङ र नुवाकोटको सिमानामा बन्दै गरेको बन्चरेडाँडा निर्माण पूरा हुने अन्तिम चरणमा छ। जसअसार मसान्तसम्म महानगरलाई हस्तान्तरण गर्ने तयारी छ। बन्चरेडाँडामा आउने ५० वर्षसम्मलाई फोहोर विसर्जन गर्न सकिने गरी आधुनिक पद्धतिले संरचना निर्माण गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.