२० करोडको उद्योग सञ्चालन गर्ने सहकारीलाई ५ प्रतिशत पुँजी दिने

२० करोडको उद्योग सञ्चालन गर्ने सहकारीलाई ५ प्रतिशत पुँजी दिने

काठमाडौं : सहकारीमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सरकारले घोषणा गरेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले सहकारीमार्फत उत्पादन, उद्योग र रोजगारी उत्पादन गर्न प्रोत्साहन गर्ने बताए । 

सहकारी खेती, सामूहिक चक्लाबन्दीमा प्रोत्साहन गर्ने उनको भनाइ छ । सीपबिहीनलाई सीप, बेरोजगारलाई रोजगार, गरिबी कम गरिने, कार्यक्रम चलाइने सरकारले जनाएको छ । 

गरिब घर परिवार, शहरी गरिबलाई अपार्टमेन्ट  दिने, श्रम योग्य श्रमिकलाई तालिम दिएर उत्पादन वृद्धि गर्ने सरकारले घोषणा गरेको छ।

सहकारीलाई  विनाधितो ऋण दिएर सहकारीमार्फत आत्मनिर्भरनिर्भर  अर्थतन्त्र निर्माण गर्ने अर्थमन्त्री शर्माले घोषणा गरेका छन् । 

मूलुकको आर्थिक विकास सहकारी मेरुदण्डको रुपमा विकास  गर्ने उनको योजना छ ।  सहकारीले कूल लगानीको ५० प्रतिशत उत्पादनमा लगानी गर्नुपर्ने भएको छ ।

यस्तै स्वदेशी उत्पादनको खरिद बिक्री गर्न प्रोत्साहन गरिने भएको छ । 

२० करोडको उद्योग सञ्चालन गर्ने सहकारीलाई ५ प्रतिशत पुँजी दिने भएको छ।  सहकारीमार्फत ५ प्रतिशत सहुलियत कर्जा प्रदान गनिरे अर्थमन्त्रीले घोषणा गरेका छन् । 
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ७ अर्ब ४ करोड बजेट विनियोजन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.