हाम्रो पात्रोको मेगा रिलिज : अहिलेसम्मकै सबैभन्दा ठूलो अपडेट सार्वजनिक

हाम्रो पात्रोको मेगा रिलिज : अहिलेसम्मकै सबैभन्दा ठूलो अपडेट सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : नेपालको सर्वाधिक लोकप्रिय एप 'हाम्रो पात्रो'ले आफ्नो प्रयोगकर्ताहरूका लागि नयाँ UI र सुविधासहितको मेगा रिलिज लिएर आएको छ। यस नयाँ संस्करणले प्रयोगकर्ताहरूलाई अझ सहज,व्यक्तिगत र समृद्ध अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। 

त्यसबाहेक यस संस्करणले प्रयोगकर्ताहरूलाई आफ्नो दैनिक जीवनलाई व्यवस्थित गर्न,चाडपर्व ट्र्याक गर्न र अन्तरक्रियात्मक सामग्रीहरूमा संलग्न हुन सजिलो बनाउँछ। हाम्रो पात्रोका डायरेक्टर सुदिना गौतम भनिन्, 'समय अनुसार प्रयोगकर्ताहरूलाई नयाँ अपडेट प्रदान गर्ने कुरा हामीले सधैँ ध्यानमा राखिरहेका हुन्छौं । यो हाम्रो पात्रोको अहिलेसम्मको सबैभन्दा ठूलो रिलिज हो। हाम्रो पात्रोको यो नयाँ स्वरूप र हामीले थपेका नयाँ सुविधाहरू प्रयोगकर्ताहरू माझ पस्कन पाउँदा एकदमै उत्साहित छौं । प्रयोगकर्ताहरूले यस संस्करणलाई पनि उत्तिनै माया दिनुहुनेछ, विश्वस्त छौं । '

यस अपडेटपछि प्रयोगकर्ताहरूले हाम्रो पात्रोको क्यालेन्डरमा आफ्नो गुगल क्यालेन्डर Sync गर्न सक्नेछन्। जसले सबै महत्वपूर्ण मिति र इभेन्टहरूलाई एकै स्थानमा व्यवस्थापन गर्न सजिलो बनाउँछ। साथै Customize Hamro Services फिचर प्रयोग गरेर प्रयोगकर्ताहरूले आफूले प्रयोग गर्ने सेवाहरूलाई मात्र प्राथमिकता दिँदै आफ्नो आवश्यकता अनुसार एपलाई व्यक्तिगत बनाउन सक्नेछन्।

त्यसबाहेक,प्रयोगकर्ताहरूले आफ्नो सहजता अनुसार एपको फन्ट (Font)  साइज पनि बदल्न सक्नेछन्। त्यसैगरी, धेरै देशका समय क्षेत्रहरू (Multiple Country Time Zones)  हेर्न र व्यवस्थापन गर्न सकिने सुविधाले विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई लाभान्वित गर्नेछ।

लामो समयदेखि प्रयोगकर्ताहरूले माग गरिरहेको ष्इक् मा नोट्स राख्न र कमेन्ट गर्न सकिने सुविधा पनि यसपटकको अपडेटमा थपिएको छ ।

नयाँ थपिएको सदस्यता (Membership) सुविधाले प्रयोगकर्ताहरूलाई एड फ्री सब्स्क्रिप्सन, गुगल क्यालेन्डर Sync हाम्रो सेवाहरूमा विशेष छुट लगायतका विभिन्न लाभहरू सुपथ मूल्यमा खरिद गर्न सक्ने
विकल्पपनि प्रदान गरेको छ । 

त्यसबाहेक, अब हाम्रो पात्रो एपबाटै इभेन्टहरूको टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ। हाम्रो पात्रोको आफ्नै वालेट “हाम्रो पे” का साथै मोबाइल बैंकिङ र Connect IPS को प्रयोग गरेर पनि टिकट खरिद गर्न सकिनेछ। 

यो सुविधाले प्रयोगकर्ताहरूलाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर नरहन मद्दत गर्ने तथा भुक्तानी प्रक्रियालाई अझ सजिलो बनाउने उद्देश्य राखेको छ।

स्वदेश या विदेशमा बस्स्नुने नेपालीहरूको दैनिक जीवनको हिस्सा बन्न सफल 'हाम्रो पात्रो' को यो नयाँ अपडेटले नेपाली समुदायको डिजिटल साथीको रूपमा आफ्नो स्थानलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.