भाषा संरक्षणमा सबै जुट्नुपर्छ : मन्त्री पाण्डे
काठमाडौं :संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले दुर्लभ भाषाको संरक्षण र विकासका लागि ध्यान दिनुपर्नेमा जोड दिएका छन् । अन्तराष्ट्र्रिय मातृभाषा दिवसको रजत महोत्सवमा भाषा प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री पाण्डेले लोपउन्मुख र दुर्लभ भाषा लोप हुन लागेकोप्रति चिन्ता व्यक्त गर्दै संरक्षणका लागि लाग्नुपर्ने बताएका हुन्।
उनले भने,'लोपउन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ । अहिले कुसुण्डा बोल्ने एकजना व्यक्ति मात्रै रहेछन् । दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ। '
मन्त्री पाण्डेले प्रत्येक भाषाले बोकेको सन्देश,अर्थ,संवेदनशिलता, दर्शन,इतिहास सभ्यता जतिसुकै भए पनि एकले अर्कोको भाषाले बोक्न नसक्ने बताए। उनले ज्ञानको बहुआयामिक जोगाउनका लागि पनि भाषाको महत्व बढ्दै गएको बताए।
उनले मुलुकमा हाल १३१ वटा भाषा बोलिने गरेको उल्लेख गर्दै अन्वेषण हुँदै जाँदा भाषा बढ्दै जाने समेत बताए। । मन्त्री पाण्डेले भाषा अभौतिक सम्पदा जस्तै भए पनि यसले भौतिक कुराको पनि सेतुको काम गरिरहेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !