पूर्वराजाको अभिव्यक्तिप्रति गगनले भने- राजनीतिमा सुधार गरेर जवाफ दिनुपर्छ

पूर्वराजाको अभिव्यक्तिप्रति गगनले भने- राजनीतिमा सुधार गरेर जवाफ दिनुपर्छ
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने बताएका  छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले महाधिवेशनको तयारी सुरू भइसकेको भन्दै तोकिएको समयमा नै सम्पन्न हुने दावी गरेका हुन्।

अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गर्न र अन्य समय पार्टी संगठन र अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्ताहरूलाई उनले आग्रह गरे।

महामन्त्री थापाले एउटा दलले गरेको गलत कार्यबाट असन्तुष्ट हुनेले व्यवस्था भन्दा पनि अन्य दल रोज्न पाउने लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात गर्नुपर्ने धारणा राखे।

पार्टीभित्रबाट सरकारको विरोध भइरहेको प्रश्नको जवाफमा महामन्त्री गगन थापाले सरकारविरुद्धको खबरदारीले सरकारलाई सुधार्न र गलत काम रोक्न मद्दत पुग्ने समेत बताए। महामन्त्री थापाले लोकतन्त्रको विकल्प खोज्नु भनेको नागरिकप्रतिको भरोसालाई गिज्याउनुसरह भएको बताए।

उनले पछिल्लोपटक पूर्वराजाबाट आएको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रुपमा लिएर राजनीतिक कर्ममा सुधार गरेर जवाफ दिनुपर्ने बताए। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले एक भिडियो सन्देश जारी गर्दै राजगद्दी जनताका लागि  छोडेको र त्यसलाई कमजोर नठान्न राजनीतिक दललाई चेतावनी दिएका थिए।

पूर्वराजा शाहले राष्ट्र र राष्ट्रिय एकता कायम राख्ने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान  समेत गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.