लमजुङको मध्यपहाडी सडकमा ट्रिपर दुर्घटना हुदाँ चारजनाको मृत्यु

लमजुङको मध्यपहाडी सडकमा ट्रिपर दुर्घटना हुदाँ चारजनाको मृत्यु

बेसीसहर : लमजुङको मध्यनेपाल नगरपालिका-७ कोईलेनिस्थित मध्यपहाडी लोकमार्गमा ट्रिपर दुर्घटना हुँदा घटनास्थलमै चारजनाको मृत्यु भएको छ। 

लोकमार्गको काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सनको बा ४ ख ७७८१ नम्वरको ट्रिपर दुर्घट्ना हुँदा चालकसहित सुपरभाईजर, प्राविधिक र सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चालक गजुरी गाउँपालिका-६ धादिङका २७ वर्षिय आकास घिमिरे, आयाेजनाका सुपरभाईजर ४५ वर्षिय उत्तम न्याैपाने, २८ वर्षिय पारश शाह र २५ वर्षिय रविन्द्र सेढाई रहेका छन्। चालक बाहेक अन्य मृतककाे ठेगना खुलेकाे छैन।

सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्ने क्रममा ट्रिपर सडकबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएकाे छ। घटनास्थलमा प्रहरी, स्थानीय र अायाेजनाका मजदुरहरूले उद्दारकार्य गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.