रुपन्देहीमा बस दुर्घटना : मृतक ९ मध्ये ४ जनाको पहिचान खुल्यो (अपडेट)

रुपन्देहीमा बस दुर्घटना : मृतक ९ मध्ये ४ जनाको पहिचान खुल्यो (अपडेट)

भैरहवा : रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनामा मृतक ९ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। स्रोतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीय बिष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे र रौतहट जिल्लाका २० वर्षीय दिनेश दासको पहिचान भएको हो।

पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर र ८ जनाको अवस्था भने मध्यम रहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.