जाजरकोटमा जीप दुघर्टना अपेडट : तीनजनाको मृत्यु, घाइतेको हेलिकोप्टरबाट उद्दार

जाजरकोटमा जीप दुघर्टना अपेडट : तीनजनाको मृत्यु, घाइतेको हेलिकोप्टरबाट उद्दार

जाजरकोट : जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा ८ जना घाइते भएका छन् । गम्भीर घाइते पाँचजनालाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

सुर्खेतबाट जुनीचाँदेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको बोलेरो जीप  जुनीचाँदे गाउँपालिका ५ बलेपुइन नजिकैको मोर्डमा दुघर्टना भएको हो । 

मृत्यु हुनेमा जुनीचाँदे ५ स्यालाकी ४० वर्षीया पुतला गिरी, जुनीचाँदे ६ का २१ वर्षीय दर्शन शाही र सोही वडाकी ३४ वर्षीया कालिका शाही रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।

गम्भीर घाइते लालबहादुर बुढा, विपना शाही, टोपबहादुर थापा, समीक्षा शाही र सरिता शाहीलाई उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत लगिएको प्रजिअ शाहीले बताए । 

अन्य तीनजना सामान्य अवस्थामा छन् । 

जुनीचाँदे ५ लामा तडाको बाटो अवरुद्ध भएका कारण लुहादहहुँदै गर्खाकोट आएको गाडी दुर्घटना भएको जुनीचाँदे गाउँपालिका ५ वडा अध्यक्ष जयबहादुर बस्नेतले बताए । मोडमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

गृहमन्त्री बालकृष्ण खाणले दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

घाइतेको हेलिकोप्टरमार्फत तत्काल उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएपछि नेपाली सेनाको सुर्खेतस्थित कार्यालयबाट हेलिकोप्टर उद्धारका लागि जाजरकोट पठाइएको हो ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.