राज्यमन्त्री बिमला वलीमाथि छानबिन गर्न कार्यदल गठन

राज्यमन्त्री बिमला वलीमाथि छानबिन गर्न कार्यदल गठन

बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री बिमला खत्री वलीमाथि छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ।

बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले आन्तरिक मामला तथा संचारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए।

म‌ंगलबार बिहान तुलसीपुर-५ बसपार्क निवासी मीना भण्डारी बस्नेत र  उनकी छोरीमाथि राज्यमन्त्री वलीले अभद्र व्यवहार गरेको भन्दै पीडितले जाहेरी दिएकी छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.