असारे १५ [फोटो कथा]
काठमाडौं : आज असारे पन्ध्र। यस दिन धान रोपाईं गरी दही र चिउरा खाने चलन छ। सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ। नेपाली समाजमा परम्परागतरुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको छ।
यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो।
असार महिना किसानका लागि 'मानो छरेर मुरी उब्जाउने' समय भनेर चिनिन्छ। नेपालको मुख्य खाद्यान्न बाली धान हो। यसको रोपाईं पनि यही महिनामा हुने भएकाले यतिबेला किसानको दैनिक फेरिएको छ। उनीहरु बिहानदेखि साँझसम्म खेतमै व्यस्त देखिन्छन्।
असार लागेसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रोपाइँ भइरहेको छ।
यसैक्रममा भक्तपुरको सिरुटारमा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहभागीतामा अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिले धान दिवस कार्यक्रमको आयोजना गरेको हो। सो अवसरमा प्रविधिको उपयोग गरेर धान दिवस मनाइएको छ।







प्रतिक्रिया दिनुहोस !