सोलुखुम्बुमा चट्याङ लागेर बालकको मृत्यु,आमा घाइते
सोलुखुम्बु : सोलुखुम्बुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका–९ का ७ वर्षीय सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरी निरीक्षक ज्ञानबहादुर माझीका अनुहार मंगलबार साँझ पानीसँगै परेको चट्याङका कारण सुजनको घटनास्थलमै मृत्यु भएको हो भने उनकी आमा ताकमाया घाइते भएकी हुन्। माइतीघर हिंडेकी आमासँगै रहेका बालक पानी परेका कारण घरको पेटीमा ओत लागेर बसिरहेका थिए। सोही समयमा चट्याङ परेको प्रहरी निरीक्षक माझीले बताए।
प्रतिक्रिया दिनुहोस !