'लोकतन्त्रको माला जप्दैमा लोकतन्त्रवादी होइदैन'

'लोकतन्त्रको माला जप्दैमा लोकतन्त्रवादी होइदैन'

स्याङ्जा : संघीय सांसद नारायणप्रसाद मरासिनीले आँचरणमा शुद्धता हुनु नै लोकतन्त्र भएको बताएका छन्। 

स्याङ्जा सदरमुकाममा स्थापित लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय एवं रेडियोको आठौं अधिवेशनको उदघाटन गर्दै सांसद मरासिनीले भने, ‘लोकतन्त्र भनेको पद्धती हो। व्यवहार हो। आँचरण हो। लोकतन्त्रको माला जप्दैमा जो कोही पनि लोकतन्त्रवादी हुन सक्दैन। लोकतन्त्रवादी हुन यस्लाई कार्यान्वयन गर्नुपर्छ।'

सञ्चार माध्यम सबैको साझा संस्था भएकाले सबैका मन र भावनाको कदर गर्दै अघि बढ्न उनले सुझाव दिए। 

साझा संस्थाका रुपमा संचालन गर्नका लागि आवश्यक पर्ने थप सहयोग गर्न तयारी रहेको उनको भनाइ छ। 

कार्यक्रममा नेकपा एमालेका सहसचिव विश्व पौडेल, नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नारायणप्रसाद लम्साल, एकीकृत समाजवादीका लोकराज शर्मा, राष्ट्रिय जनमोर्चाकी हिरामती साही र प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललगायतले तथ्यसत्य सूचना प्रशारण गरी आम नागरिकलाई सुसूचित गर्न सुझाव दिएका थिए।

अध्यक्ष अनन्तराज मरासिनीले, उपाध्यक्ष वेदप्रसाद दोरङ्गा, सचिव धुवबन्धु पौडेल, कोषाध्यक्ष संघ ताम्राकारले क्रमश : कार्यकाल अवधिभरका सांगठनिक, आर्थिक प्रतिवेदन प्रस्तुत गरे। 

तत्कालिन शासन व्यवस्थाविरुद्ध २०४० सालमा यहाँका दुरदर्शी एवं उदार व्यक्तिहरुद्वारा स्थापित लक्ष्मी स्मृति पुस्तकालयको साँख र गरिमा जोगाउनुपर्नेमा वक्ताहरुले सुझाव दिए।

सोही पुस्तकालयले २०६५ सालदेखि रेडियो संचालन गर्दै आएको छ। 

तस्बिर : भवानी अधिकारी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.