चोरी गरेको आरोपमा युवक पक्राउ
![चोरी गरेको आरोपमा युवक पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/mobail_20220714133609_DY2NZ8LuDl.jpg)
जाजरकोट : चोरी गरेको आरोपमा जाजरकोटको नलगाड नगरपालिका-१० का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको नलगाड-१२ तल्लुवगरमा रहेको भरतबहादुर माझीको पसल तोडफोड गरी मोबाइललगायतका समान चोरी गरेको आरोपमा वीरबहादुर रावतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ब्यापारी माझीको जाहेरीका आधारमा खोजतलास गर्दा प्रहरीले रावतको साथबाट विभिन्न कम्पनीका ८ थान मोबाइल, विभिन्न किसिमका एयरफोन ३ थान र नगद एक हजार एक सय चालिस रुपैयाँ बरामत गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक पुस्कर पन्तले बताए।
उनलाई जिल्ला अदालतले अनुसन्धानका लागि १० दिनको म्याद दिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)