सामाजिक सुरक्षा भत्ता दिन गाउँमै पुगे पालिका अध्यक्ष तिवारी

सामाजिक सुरक्षा भत्ता दिन गाउँमै पुगे पालिका अध्यक्ष तिवारी

स्याङ्जा : जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले घरघरमै पुगेर जेष्ठ नागरिक भत्ता वितरण गर्ने अभियान सुरु गरेको छ। 

पालिकाका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङलगायतको जनप्रतिनिधिहरूले वडा न. ६ मा पुगेर सामाजिक सुरक्षा भत्तावापत पाउने नगद जेष्ठ नागरिकको हातहातमा थमाएका हुन। 

उनीहरूले नगद ८ हजार बुझेका छन्। पालिका अध्यक्ष जितेमा सामाजिक सुरक्षा भत्ता गाउँमा पुर्‍याउने आफ्नो प्रतिवद्धताअनुसार अभियान सुरु गरेको उनले बताए। हरेक तीन/तीन महिनामा सबैका घरमा पुगेर भत्ता वितरण गर्ने उनको भनाइ छ। 

स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै जेष्ठ नागरिकका घरघरमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने अर्जुन चौपारी गाउँपालिका पहिलो बनेको छ। 

आफ्नो घरमै आएर भत्ता लिन पाएकोमा ९८ वर्षीया मोतीलाल तिवारी र ७२ वर्षीय थमकुमारी पौडेल खुशी ब्यक्त गर्छन। योसँगै वृद्ध शरीर जिप रिजर्भ गरेर जानुपर्ने वाध्यता र झन्झट हटेको छ। 

गाउँपालिकामा १ हजार २५१ जना ७० बर्ष माथिका छन् भने २ हजार ५२३ जनाले बिभिन्न क्षेत्रका सामामाजिक सुरक्षा भत्ता पाउछन्। 

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता पाउने उमेर ७० बाट ६८ वर्षमा झारेको छ। 

अर्जुनचौपारी गाउँपालिकाले मुक्तिनाथ विकास बैकसगँको सहकार्य र समन्वयमा पहिलो पटक गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो। 

सरकारले जेष्ठ, विपन्न, अशक्त असहाय, एकल महिला, अपांगता भएका ब्यक्ति, दलित बालबालिकालाइ भत्ता उपलब्ध गराउदै आएको छ। 

यसैगरी आफ्नो हेरचाह आफैं गर्न नसक्ने, लोपोन्मुख जातिका व्यक्ति, गम्भीर रोग लागेकाहरुको उपचारका लागि भन्दै भत्ता तथा उपचार खर्च पनि वितरण गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.