चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ गैँडा मरे

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अन्तरालमा ३७ वटा गैँडा मरेका छन्। यीमध्ये ३३ वटा गैँडाको मृत्यु प्राकृतिक कारणले मृत्यु भएको छ। 

नौवटा गैँडा आपसमा जुधेर मरेका छन्। भने बाघको आक्रमणबाट  ६ वटा मरेका छन्। दुईवटा चोरी शिकारीबाट र एउटाको कारण नखुलेको छैन।  

आर्थिक वर्ष २०७८/७९ मा १८ वटा भाले र १४ वटा पोथी गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। पाँचवटा गैँडाको पहिचान खुलेका छैन्। 

यी मध्ये एकवर्ष भन्दा कम उमेरका ६ गैँडा मरेका छन्। साना गैँडा बाघको आक्रमणको जोखिममा हुन्छ। 

बच्चा देखेपछि बाघ पछि लागेर मौका छोपेर आक्रमण गर्छ। गैंडाको बच्चालाई बाघले आक्रमण मार्छ। जुधेर, बुढो भएर, दलदल र खाडलमा फसेर, बाघको आक्रमणमा मरेका हुन्। 

बाघले झम्टिदा घाइते भएपछि संक्रमणका कारण बच्चा मर्ने गर्छ। आर्थिक वर्ष २०७५/७६ मा ४३ गैँडा मरेका थिए। आर्थिक वर्ष २०७४/०७५ मा २६ गैंडा प्राकृतिक कारणले मरेका थिए। 

राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व प्रमुख रामकुमार अर्यालले प्राकृतिक कारणले मरेको भएपनि उमेर पुगेका बाहेकको कारण संरक्षणमा चुनाती रहेको बताए। 

वन्यजन्तु अवलोकनका लागी ख्याती कमाएको चितवन राष्ट्रिय निकुञ्जमा गैँडा हेर्नकै लागी पर्यटक आउँछन्। यत आर्थिक वर्षमा एक लाख ९० हजार ४५८ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्। 

सन् २०२१ म गरिएको गणना अनुसार नेपालमा सात सय ५२ गैँडा थिए। चितवन राष्ट्रि निकुञ्जमा ६ सय ९४ गैँडा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.