हाईअल्टिच्युड खेलकुद तालिम केन्द्रलाई २५ हेक्टर जग्गा

हाईअल्टिच्युड खेलकुद तालिम केन्द्रलाई २५ हेक्टर जग्गा

जोमसोम : हाईअल्टिच्युड खेलकुद तालिम केन्द्रका लागि २५ हेक्टर जग्गा प्रदान गरिएको छ। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा पर्वतीय खेलकुद क्षेत्रको विकास तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पहल गरिएको हाईअल्टिच्युड खेलकुद तालिम केन्द्र स्थापना गर्न उक्त जग्गा प्रदान गरिएको हो। 

२०७९ जेठ ३ गते नेपाल सरकारको नाममा २५ हेक्टर जमिनको लालपूर्जा प्राप्ति गर्ने काम सम्पन्न भएको नापी कार्यालय मुस्ताङले जनाएको छ। 

जग्गा प्राप्तिका लागि यसअघि स्थानीयबासी, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, स्थानीय जग्गा सिफारिस समिति र प्रदेशको सामाजिक विकास मन्त्रालयले पहल गरेका थिए।

नापी विभाग र नापी कार्यालय मुस्ताङले तालिम केन्द्रका लागि जग्गा नापजाँचको काम गरिएको नापी कार्यालय मुस्ताङका सूचना अधिकारी मदन श्रेष्ठले जानकारी दिए।

केन्द्र निर्माणका लागि आवश्यक जग्गा नापजाँच गर्न २ महिना लागेको नापी कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए। उनका अनुसार जग्गा नापजाँच सम्बन्धी सम्पूर्ण काम गर्नका लागि नापी कार्यालय मुस्ताङका प्राविधिक टोली सम्बन्धित स्थानमा पुगेका थिए।

टोलीले सुरुमा ३० हेक्टर जग्गा नापजाँच गरेपनि जग्गा काँटछाँट गरेपछि २५ हेक्टर जग्गा केन्द्रका लागि सिफारिस गरेका थिए। तालिम केन्द्र निर्माणका लागि बनेको २५ हेक्टर जमिनको लालपुर्जा अहिले नापी कार्यालय मुस्ताङमा आइसकेको छ। 
नापी कार्यालयले अनुकुल समय मिलाएर लालपूर्जा जिल्ला प्रशासन कार्यालय मुस्ताङलाई हस्तान्तरण गर्ने तयारी भइरहेको उनले बताए। जग्गाको टुङ्गो लागेपछि सरकारलाई पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्न सहज हुनेछ।

समून्द्री सतहदेखि ३८ सय मिटरको अग्लो उचाइमा अवस्थित छेङ्गुरमा २०७५ साल फागुनमा हाईअल्टिच्यूड खेल पूर्वाधारको लागि आवश्यक जग्गा पहिचान गर्न गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोली पुगेको थियो। प्रदेशले जग्गा छनोट गरेको ४ वर्षपछि जग्गा प्राप्ति भएको हो।

पर्वतीय खेलक्षेत्रको प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकीय कनेक्टिभिटी जोड्ने उद्देश्यले गण्डकी प्रदेशले मुस्ताङमा हाईअल्टिच्युड तालिम केन्द्र पूर्वाधार निर्माणको परिकल्पना गरेको थियो।

प्रसिद्ध धार्मिक स्थल मूक्तिक्षेत्र नजिकै पर्ने छेङगुरमा हाईअल्टिच्युड खेल पूर्वाधार निर्माणको लागि जग्गा प्राप्त भइसकेकाले सरकारलाई पूर्वाधार निर्माणको काम अघि बढाउन सहज भएको संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए।

सांसद तुलाचनले हाईअल्टिच्युड खेल पूर्वाधार निर्माण भएमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तालिम अभ्यास तथा खेल खेल्न मुस्ताङ आउने र यसले मुस्ताङको समग्र पर्यटन विकासमा टेवा पुग्ने दावी गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.