बुवाको हत्यापछि एक्ली रमिता

बुवाको हत्यापछि एक्ली रमिता

बैतडी : बिहानको झिससिमसे। शुक्रबारको दिन। करिब ५ बजेको थियो। बैतडीको डिलाशैनी गाउँपालिका–५ सेराका ६८ वर्षीय अन्तराम जोशी मही बनाउने ठेकी धुँदै थिए। बुवा उठेर काममा लागे भन्ने थाहा पाएर २४ वर्षीय छोरा लोकेन्द्र पनि उठे। ढोकाको माथि अड्याइएको बञ्चरो निकाले। लोकेन्द्रले एकसुरमा पारो धोइरहेका अन्तरामको टाउकोमा बञ्चरोले हाने। अन्तरामको घटनास्थल मै मृत्यु भयो। 

दाइ र बुवा उठिसकेको थाहा पाएपछि रमिता पनि उठिन्। बुवाको टाउकोबाट बगिरहेको रगत आँगनमामा खोला झै बगिरहेको देखेर उनी बुवा भन्न नपाउँदै बेहोस भइन्। लोकेन्द्र भने धारामा हातमुख धोइरहेका थिए। अन्तरामको मृत्युपछि वरपरका छिमेकी, आफन्तहरू जम्मा भए। गाउँलेले प्रहरीलाई खबर गरे र लोकेन्द्रलाई प्रहरीले नियन्त्रणमा लियो।  

रमिता ४ वर्षकै उमेरमा आमा गुमाएकी थिइन्। घरमा सहाराका रूपमा रहेका दाजुले नै बुवाको हत्या गरेपछि अहिले उनी विक्षिप्त भएकी छन्। हत्या गरेका दाइलाई सजाय भएपछि रमिता घरमा एक्ली हुने भएकी छन्। ४ वर्षमै आमा गुमाएकी उनी बुवा गुमाएर अनाथ भएकी छन्। ‘१३ वर्ष भयो आमा बितेको, रमिताले रुँदै भनिन्। दाइ छ सहारा भनेर हिम्मत आउँथ्यो। तर, दाइले नै बुवाको हत्या गरेपछि म कहाँ जाऊँ ? रमिताले भनिन्।

‘आमाको पनि अकस्मात मृत्यु भएको थियो। मृतक पनि राम्ररी आँखा देख्नु हुन्थेन। जेनतेन गुजारा चलेको थियो। यस्तो घटना भयो,’ स्थानीय गीता जोशीले भनिन्। ‘रमिताको पनि बिचल्ली हुने भयो।’ रमिताको अब सम्पत्तिका नाममा एउटा चुहिने घर र एउटा गाई मात्रै। गाउँकै सबैभन्दा गरिब परिवार उनकै हो। स्थानीय राजेन्द्र जोशी भन्छन्, ‘जेठी छोरीको सबै गाउँलेहरूले मिलेर बिहे गरी दिएका हुन्, कसैले चामल कसैले पीठो दिए।’ थोरै जमिन र वस्तुभाउ रहेको रमिताको परिवारलाई खान लाउनै मुस्किल हुने गरेको जोशीले बताए। गरिब परिवारमा हुर्केकी १७ वर्षीया रमिताले नजिकैको विद्याललयमा कक्षा १२ सम्म अध्ययन गरेकी छन्। लोकेन्द्रले किन हत्या गरे भन्ने पनि खुलेको छैन। स्थानीयका अनुसार उनी, विगतमा झै–झगडा तथा अन्य हिंसात्मक गतिविधिमा संलग्न थिएनन्।

एसईईमा राम्रो ग्रेड ल्याउन नसकेका लोकेन्द्र २ वर्ष कामका लागि भारत बसे। केही महिनाअघि मात्रै घर आएका उनले २ वर्षमा ९ हजार रुपैयाँ मात्रै ल्याएका सथनीय बताउँछन्। लोकेन्द्र ‘डिप्रेसन’ मा गएको संकेतहरू देखिएको स्थानीयको भनाइ छ। केही देनिदेखि एकोहोरो टोलाइरहने, कसैसँग नबोल्ने गरेको आफन्तहरूले बताए। अहिले लोकेन्द्र प्रहरी नियन्त्रणमा छन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.