आरती हेर्न एमाले अध्यक्ष ओली पशुपतिनाथमा (फोटो फिचर)
साउन १६, २०७९ सोमबार २२:३०:०
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आरतीमा सहभागी हुन पशुपतिनाथ पुगेका छन्। बागमति गंगा आरती सेवा समितिको निमन्त्रणामा उनी पशुपतिनाथ पुगेका हुन्। ओलीले सेवा समितिको १५औं वार्षिकोत्सव र सन्ध्याकालीन आरतीको उद्घाटन गरेका थिए।







