महोत्तरीको एक घरबाट चोरीका चारवटा मोटरसाइकल बरामद, तीन जना पक्राउ

महोत्तरीको एक घरबाट चोरीका चारवटा मोटरसाइकल बरामद, तीन जना पक्राउ

महोत्तरी : महोत्तरीको एक घरबाट चारवटा चोरीको मोटरसाइकल बरामद भएको छ। बर्दिबास नगरपालिका-७ किसाननगरका श्री नारायण यादवको घरबाट चारवटा मोटरसाइकल प्रहरीले फेला पारेको हो।

प्रहरीले शंकाको आधारमा खोजतलाश गर्ने क्रममा उनको घरबाट ती चोरीका मोटरसाइकलहरू बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। प्रहरीले ती घटनामा संलग्न रहेको भन्दै यादवका छोराहरू २३ बर्षिय रामएकवाल यादव र २१ वर्षीय रामलक्ष्मण यादवलाई नियन्त्रणमा लिएको छ।

प्रहरी स्रोतका अनुसार यादवको घरबाट ज ७ प ४५८६, ज १२ प ८४८६, प्र.२-०१-००२ प ५५२९ र निलो रंगको १६० सीसीको एक थान अन टेस्ट अपाचे कम्पनीको चोरीका मोटरसाइकल बरामद भएको हो।

उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले भंगहा नगरपालिका-४ का २२ वर्षीय सुनिल कुमार रामलाई पनि नियन्त्रणमा लिएको हो। केही दिन अगाडि बर्दिबासबाट चोरी भएको ज ७ प ४५८६ नम्बरको मोटरसाइकल खोजविन गर्ने क्रममा ती मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी रवि रावलले बताए। 

पक्राउ परेका तीनैजनालाई जिल्ला अदालत महोत्तरीबाट म्याद थप गराई अनुसन्धान गरिरहेको डिएसपी रावलले जानकारी दिएका छन्। यता बरामद भएको ती चारवटै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.