महाभियोग प्रकरण : एमालेको रणनीति ‘पर्ख र हेर’

महाभियोग प्रकरण : एमालेको रणनीति ‘पर्ख र हेर’

काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रकरणमा निर्णायक बनेको प्रतिपक्षी नेकपा एमालेले ‘पर्ख र हेर’रणनीति अपनाएको छ । महाभियोग प्रस्ताव दर्ता भएको साढे पाँच महिना पछि प्रक्रियागतरुपमा अघि बढाउने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । ‘महाभियोग प्रस्ताव अघि बढाउनु पर्‍यो भन्दै ओलीले प्रस्ताव गर्नु भएको थियो,’ स्रोतले भन्यो । त्यसपछि  प्रधानमन्त्री देउवाले सोधेका थिए,‘तपाईंहरु महाभियोगको पक्षमा भोट हाल्नु हुन्छ की विपक्षमा ?’

प्रधानमन्त्री देउवाले केही दिन अगाडि टेलिफोनमार्फत गरेको अनपेक्षित प्रश्नको जवाफ ओलीले कुटनीतिक ढंगले जवाफ फर्काएका थिए । ‘तपाईंहरु ( सत्तारुढ दल) महाभियोग प्रस्ताव दर्ता गरेकोले मुद्दाको वादी हुनुभयो,’ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘यो मुद्दामा हामी त न्यायाधीश हो । दुवै पक्षको कुरा सुन्छौं । प्रधानन्यायाधीश चोलेन्द्रको बयान सुन्छौं । प्रमाण हेर्छौं, केलाउँछौं । त्यसपछि फैसला गर्छौं ।’  

हाल संसदमा २७५ सदस्य छन् । नेपालको संविधान धारा १०१ अनुसार संघीय संसदको दुवै सदनको तत्काल कायम रहेका तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाई बहुमतबाट पारित हुनु पर्छ । महाभियोग प्रस्तावक सत्तारुढ  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको मात्र दुई तिहाई पुग्दैन । महाभियोग पारित गर्न गठबन्धनको दुई तिहाई नपुग्दा एमाले निर्णायक बनेको छ ।  

सत्तारुढ पार्टीका  ९८ जना सांसदले २१ बुँदे वटा आरोप लगाउँदै  महाभियोग प्रस्ताव दर्ता गरेका थिए । गत फागुन १ गते महाभियोग प्रस्ताव संसदमा दर्ता भएको थियो । तर, महाभियोग दर्ता भएको साढे पाँच महिनापछि आइतबार महाभियोग सिफारिस समितिमा पठाइएको छ ।  

प्रधानन्यायाधीश जबरामाथिको अभियोग पुष्टि भएमा मात्र महाभियोगको पक्षमा मतदान गर्ने संकेत ओलीले गरेका थिए । ‘अहिले नै पक्षमा मतदान गर्ने की नगर्ने भनेर भन्दैनौं । महाभियोग प्रस्तावक (नेपाली कांग्रेस, माओवादी र नेकपा समाजवादी) र विपक्षी चोलेन्द्र शमशेर जबराको तर्क, प्रमाण हेर्छौं । सुन्छौं,’ ओलीको जवाफ उदृत गर्दै स्रोतले भन्यो ।

एमाले कानून विभाग प्रमुख एवं वरिष्ठ अधिवक्ता रमेश बडालले सत्तारुढ दलले महाभियोग प्रस्ताव अघि बढाउन नचाहेको बताए ।  ‘कुरा सिम्पल छ ।  पहिला छानविन टुंगिनु पर्‍यो,’ पूर्व महान्यायाधीवक्ता बडालले अन्नपूर्णसँग भने, ‘दुवै पक्ष ( महाभियोग प्रस्तावक र चोलेन्द्र ) को कुरा सुन्नु पर्‍यो । दुवै पक्षको कुरा सुनेपछि दोषि देखिएमा कारवाहीको पक्षमा जानु पर्छ । महाभियोग लगाएको ठिक रहेनछ भने स–सम्मान फिर्ता गर्नु पर्‍यो । ’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.