बर्दिबास नगर शिक्षकको पहिलो चरणको आन्दोलन सकियो

बर्दिबास नगर शिक्षकको पहिलो चरणको आन्दोलन सकियो

महोत्तरी : बर्दिबास नगरपालिका शिक्षकको पहिलो चरणको कार्यक्रम सकिएको छ। आफूहरूलाई विना कारण हटाएको विरोधमा नगरका ६२ जना शिक्षकले चरणवद्ध रूपमा आन्दोलन गरेका थिए।

गत आइतबारदेखि नगरपालिकाको विरुद्धमा आन्दोलित भएका शिक्षकले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको नगर शिक्षक संघर्ष समितिका अध्यक्ष बलराम महतोले बताए।

नगरपालिका अगाडि धर्नामा बसेका शिक्षकको आन्दोलनमा समर्थन जनाउँदै शिक्षक नेताले नगरपालिकालाई निर्णय संशोधन गर्न आग्रह गरेका छन्। नगरपालिकाले पूर्वाग्राही भई सेवामा खटिएका शिक्षकलाई विना कारण हटाएकाले यसको विरुद्धमा जारी आन्दोलनमा आफूहरूको पूर्ण समर्थन रहेको शिक्षक नेता राजवीर महतोले बताए। नगर शिक्षक आन्दोलित भएपछि नगरभरिमा रहेको सामुदायिक विद्यालयको पठनपाठनमा समस्या भएकाले पूर्नविचार गर्नुपर्नेमा नेता महतोले जोड दिए।

नगर शिक्षकहरूलाई हटाएको घटनाले मर्माहित बनाएकाले नगरपालिकालाई दवाव दिएर भएपनि शिक्षकको हकहितमा आफूहरू प्रतिवद्ध रहेको नेपाल शिक्षक महासंघ महोत्तरीका सचिव कुमार घिमिरेले बताएका छन्। शिक्षामा राजनीति भएकोले यसप्रति नगरले संशोधन गरिने किसिमको पहलकदमी गर्नुपर्ने सचिव घिमिरेले जोड दिएका छन्।

नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्रीले निर्णय संशोधन हुन नसक्ने बताउँदै भर्ना प्रक्रियामा सहभागी हुनका लागि आग्रह गरेका छन्। नगरप्रमुख क्षेत्रीले आन्दोलन छाडेर नगरको शैक्षिक गुणस्तर बढाउने किसिमको भूमिकामा आउनका लागि सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीलाई आग्रह गरेका हुन्।

बर्दिबास नगरपालिकाले नगरभरिका ५१ वटा सामुदायिक विद्यालयका ६२ जना नगरस्तरीय शिक्षकहरूलाई करारनामाबाट हटाएपछि गत साउन २१ गतेदेखि नगरको मुलगेटमा धर्ना दिँदै आएका छन्। जसले गर्दा नगरभरिका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.