गुल्मीमा महिलाको व्यवारिसे कंकाल फेला
गुल्मी : गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ। इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए।
शनिबार बिहान १० बजे गाई हेर्न गएका स्थानीयले कंकाल देखेपछि वडा अध्यक्षलाई खबर गरेका थिए। अन्दाजी ६० वर्षीया महिलाको कंकाल हुन सक्ने वडा अध्यक्ष कुँवरले उल्लेख गरे। शरीरमा चोलो र हातमा चुरा देखिए पनि कंकालको पहिचान हुन सकेको छैन। घटनास्थलमा हस्तिचौर प्रहरी चौकीका प्रहरी पुगेर अनुसन्धान गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !