नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने व्यक्ति पक्राउ
जाजरकोट : नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने एक व्यक्ति जाजरकोटमा पक्राउ परेका छन्।
जाजरकोट नलगाड नगरपालिका-१३ खातीगुर्ता बस्नेत २७ वर्षीय विष्णु गिरीलाई नक्कली कागजातसहित प्रहरीले पक्राउ गरेको हो।
सरकारी छाप, दस्तखतको दुरुपयोग गरी नक्कली परिचयपत्र बनाई हिँड्ने गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका हो।
उनको साथबाट नेपाली सेनाको सहसेनानी दर्जा सहितको फोटो भएका परिचयपत्र समेतका कार्डहरु फेला पारी पक्राउ गरिएको प्रहरी निरीक्षक पुस्कर पन्तले बताए।
अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !