सिट बाँडफाँटमा गोरखा-२ को माग गर्दै कांग्रेस टोली डेलिगेसनमा

सिट बाँडफाँटमा गोरखा-२ को माग गर्दै कांग्रेस टोली डेलिगेसनमा

गोरखा : सिट बाँडफाँटमा गोरखा क्षेत्र नं. २ कांग्रेसले पाउनु पर्ने मागदाबी गर्दै नेपाली कांग्रेस गोरखाका प्रतिनिधिहरु केन्द्रीय नेताहरुकोमा डेलिगेशन गएका छन् ।

 प्रतिनिधिमण्डलले सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कालाई भेटेका छन् 

मंगलबार कार्यदललाई भेट्ने कार्यक्रम तय भएको क्षेत्रीय सभापति गोविन्द गुरुङले जानकारी दिए ।

‘गोरखा क्षेत्र नं. २ मा कांग्रेसले लामो समयदेखि रुख चिन्हमा भोट हाल्न पाएको छैन । यसपटकचाहिँ सो क्षेत्र जसरी पनि पाउनुपर्छ भनेर दाबी गर्न गएका हौँ,' क्षेत्रीय सभापति गुरुङले भने, ‘यसपटक पनि फरक पार्टीका केन्द्रीय नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, हितराज पाण्डेको चर्चा भएकाले बेलैमा माग गर्न गएका हौँ ।’

दुवै शीर्ष नेताले आफूहरुलाई भन्दा पनि कार्यदललाई भन्न अह्राएका थिए ।

प्रतिनिधिमण्डलमा गोरखाबाट कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, अब्दुल सतार, पूर्व केन्द्रीय सदस्यहरु, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरु, उपलब्ध जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारीहरु सहभागी थिए ।

यता कांग्रेस क्षेत्र नं. १ ले भने क्षेत्र नं. १ पनि कांग्रेसले पाउनुपर्ने माग गरेको छ । क्षेत्र नं. १ का उम्मेद्वारका आकांक्षी राजेन्द्र बजगाईँले सो क्षेत्र पनि यसअघि सधैं फरक पार्टीका जनप्रतिनिधिले नेतृत्व गरेकाले यसपटक गठबन्धनबाट कांग्रेसका उम्मेद्वारलाई नेतृत्व गर्न दिनुपर्नेमा जोड दिएका छन् ।

‘कांग्रेसको क्षेत्र नम्बर २ ले गाउँपालिका क्षेत्रीय समितिले गोरखा क्षेत्र नम्बर २ कांग्रेसको अनिवार्य शर्तको अभियान संचालन गरेको छ । अभियानले डेलिगेशनको रुप लिइएको छ र यो राजधानी केन्द्रित छ । यो डेलिगेशन जबर्जस्त आन्दोलन जस्तो बन्नु पर्ने कारण त्यस्तो के भएछ भन्ने विषय बुझ्न बत्ति बालेर खोज्न पर्दैन,' उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘फगत डेलिगेशनले मात्र क्षेत्र नम्बर २ भनिरहेको छ । क्षेत्र नम्बर १ का आम नागरिकले बुझिरहेको छ कि यस्तो डेलिगेशनले क्षेत्र नम्बर १ सत्ता गठबन्धनको भागमा परोस् भन्ने अभिप्राय छ त्यसभित्र भनेर । यस अवस्थामा क्षेत्रिय सहिष्णुता पार्टी एकताको सन्तुलन नखल्बलियोस् । स्मरण रहोस् क्षेत्र नं १ का कांग्रेस क्षेत्रीय समिति मौन छ यसभित्रका निर्वाचन लड्ने सम्भावना बोकेको म मौन छु अरूहरू हुनुहुन्छ र हामीले माग गरेनौं हामी पाउँदैनौँ यो बुझाइ गलत बुझाइ हुनेछ । 
यसैपनि कांग्रेस क्षेत्र नं १ गोरखा स्वभावैले २२०० मतले अगाडि छ ।’ त्यसैले क्षेत्र नं. १ सिट बाँडफाँटको क्रममा कांग्रेसले पाउनु पर्ने उनको दाबी छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.