मिटरब्याजले मधेसमा बढी पीडित

मिटरब्याजले मधेसमा बढी पीडित

महोत्तरी : महोत्तरीमा पक्राउ परेका मिटरब्याजी अनरुद साहविरुद्ध ठगी गरेको भन्दै  १३ जनाले जिल्ला प्रशासन कार्यालय जलेश्वरमा उजुरी गरेका छन्। पक्राउ परेका साहले आफूहरूसँग २० लाख ३३ हजार रकम ठगी गरेको भन्दै उनीहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।

भंगहा नगरपालिका—५ की चन्द्रकला महराले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई अनुसन्धानका लागि घरबाटै पक्राउ गरेको थियो। चन्द्रकलाले दिएको जाहेरीमा उल्लेख भएअनुसार गत २०७७ असार २५ गते घरव्यवहार चलाउने भन्दै अनुरुद साहसँग ३ महिनाको भाका राखी ५० हजार रकम ऋण लिएको थियो। तोकिएको ३ महिनाको अवधिभित्र दुईपटक गरी २०/२० हजार रुपैयाँका दरले ४० हजार र एकपटक १० हजार गरी ५० हजार रकम फिर्ता दिएको थियो। तर, अनुरुद साहले आफूसँग नौ लाख रुपैयाँको कागज गराएको छ। त्यस्तै, मेरो पैसा फिर्ता गर, नगरे अदालतमा लेनदेन मुद्दा दिन्छु भनी धम्की दिँदै आएको कुरा सो उजुरीमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले तत्कालै जिल्ला धनुषा, जनकपुर उपमहानगर–७ स्थित अनरुदको ससुराली घरको कोठा खानतलासी गर्दा विभिन्न ९ जना व्यक्तिहरूको नागरिकताको प्रतिलिपि थान–९ र ७१ लाख ४४ हजार ३ सय पचास रुपैयाँ बराबरको कपाली कागज (तमसुक) ७ पाना बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गरी पक्राउ परेका अनुरूद साहउपर थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी चन्देश्वर यादवले बताए। उनका अनुसार उनीविरुद्ध अझै मुद्दा दर्ता हुने क्रम जारी छ।

यसअघि पनि साहविरुद्ध संजिला देवीसहित १४ जनाले २०७७ माघ २९ गते ठगी शीर्षकमा मुद्दा दर्ता गरिएको थियो। सो समयमा ४२ लाख ९२ हजार १ सय ९० रुपैयाँ बराबरको बिगो दाबीसहितको मुद्दा दर्ता गर्दा जिल्ला अदालत महोत्तरीले त्यस समयमा १ लाख ५० हजार रुपैयाँ धरौटीमा राखी अनुरुद तारेखमा छुटेका थिए। अहिले पनि उक्त मुद्दा महोत्तरी जिल्ला अदालत, जलेश्वरमा विचाराधीन अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। साह जस्तै मिटरब्याजीहरूबाट पीडित १ हजार ३६१ जनाले मधेस प्रदेशमा उजुरी दर्ता गराएका छन्।

साउन २७ गते गृह मन्त्रालयले मिटर ब्याज नियन्त्रणका लागि कार्यदल गठन गरेको थियो। गृहमन्त्री बालकृष्ण खाँणले सह–सचिव डा. भीष्मकुमार भुसालको संयोजकत्वमा गठन गरेको कार्यदलमा सीआईबीका एसएसपी दिनेश आचार्य, गृह मन्त्रालयका उप सचिव श्रीकृष्ण पौडेल, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहट्ठा सदस्य रहेका छन्।

साउन २८ गते गृह मन्त्रालयले मिटर ब्याज पीडितहरूलाई उजुरी दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो। सोही आधारमा भदौ ५ गतेसम्म मधेसका आठवटै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा १ हजार ३ सय ६१ मिटर ब्याज पीडितहरूले उजुरी दर्ता गराएका छन्। सबैभन्दा बढी सर्लाही जिल्ला प्रशासनमा ४ सय २७ वटा उजुरी दर्ता गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताएका छन्। त्यसैगरी, सिरहामा २८९, महोत्तरीमा १९१, धनुषामा १४०, सप्तरीमा ११४, पर्सामा ८३, बारामा ४६ र रौतहटमा ४१ वटा उजुरी दर्ता भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.