७५ विद्यार्थी कोचाकोच

७५ विद्यार्थी कोचाकोच

जाजरकोट : जिल्ला सदरमुकामस्थित त्रिभुवन नमुना माविको ७ कक्षामा अध्ययनरत आकृति शाही एउटै बेन्चमा धेरै जना बस्नुपर्दा हैरान छिन्। धेरै विद्यार्थीलाई एउटा कोठामा राखेर पढाउँदा कोचिएर बस्नु परेको उनको गुनासो छ। उनले भनिन्, ‘विद्यार्थी संख्या धेरै छ। तर, बेन्चको संख्या थोरै र कक्षा कोठा साँघुरो हुँदा हामीलाई पढ्नै कठिन भयो।’

सेक्सनको व्यवस्था गरिदिन आग्रह गर्दा पनि शिक्षकहरूले बेवास्ता गरेको शाहीको गुनासो छ। ७ कक्षामा ७५ विद्यार्थी कोचिएर पढ्न बाध्य छन्। सबै जना आएको दिन एउटै बेन्चमा ६–७ जनासम्म बस्ने गरेको अर्की छात्रा करुणा मल्लले बताइन्। भनिन्, ‘कोचाकोच हुँदा लेख्न, पढ्न समस्या एकातिर हुन्छ भने अर्कोतिर हल्ला भएर पढाएको बुझ्नसमेत गाह्रो हुन्छ।’

शिक्षिका रेखा शाह धेरै विद्यार्थी भएकाले पठनपाठनमा समस्या देखिएको बताउँछिन्। धेरै विद्यार्थी हुँदा कक्षा कार्य गर्न र गृहकार्य हेर्न गर्न पनि कठिनाइ हुने शिक्षक शाहको भनाइ छ। शिक्षा नियमावलीमा पहाडमा ४५ जनासम्म एउटा कक्षा वा सेक्सनमा राखेर पढाउनुपर्ने प्रावधान छ। नमुना विद्यालय सञ्चालन निर्देशिकामा प्रतिकक्षा ४० जनासम्म राखेर पढाउनुपर्ने प्रावधान छ। तर, यस नमुना विद्यालयमा एउटै कक्षामा ७५ जना विद्यार्थी राखेर पठनपाठन गर्ने गरिएको छ।

भेरी नगरपालिकाको शिक्षा विकास तथा खेलकुद शाखाा प्रमुख अमृत पुनले पठनपाठन व्यवस्थापनका लागि हरेक वर्ष नमुना विद्यालयको कार्यक्रमअन्तर्गत ५० लाख बजेट विनियोजन गरिएको बताए। आवश्यक शिक्षकको व्यवस्था गरेर सेक्सन बाँडेर नमुना विद्यालय निर्देशिकाअनुसार पठनपाठनको व्यवस्था मिलाउने जिम्मा विद्यालयको नै भएको उनले बताए।

शैक्षिक सत्रको सुरुमा भर्ना गर्दा ६५ देखि ७० को बीचमा विद्यार्थी थिए। ‘सबै सरहरूलाई सोध्दा यतिसम्म ठीकै छ, चलाउन सकिन्छ भन्ने कुरा भयो। पछि ट्रान्सफर गरेर अन्य विद्यालयबाट आउँदा ७५ जना पुगे’, सहायक प्रधानाध्यापक हरिबहादुर बस्नेतले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.