सार्वजनिक सुनुवाइमा पाँचबुँदे प्रतिबद्धता घोषणा

सार्वजनिक सुनुवाइमा पाँचबुँदे प्रतिबद्धता घोषणा

दैलेख : 'सरकारले पालिका केन्द्रसम्मको सडक कालोपत्रे गर्ने भन्ने सुनेका थियौँ, दैलेख सुर्खेत सडक खण्डको माथिल्लो डुङ्गेश्वर बजारदेखि हाम्रो गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्रे कहिले हुन्छ?' बिहीबार डुङ्गेश्वर गाउँपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइ तथा वार्षिक समीक्षा कार्यक्रममा गाउँपालिकालाई स्थानीय बिमला गुरुङले प्रश्न गरिन्। 

उनले गाउँपालिकाको कार्यालयसम्म आउने सडकको अवस्था नाजुक भएका कारण पालिकावासीले सास्ती खेप्नु परेको गुनासो गरिन्।

उनको प्रश्नको जवाफमा गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले गाउँपालिकासम्म जोड्ने सडक स्तरोन्नतिको काम प्रदेश र संघीय सरकारले गरिरहेको बताए। 

'हामी प्रदेश र संघीय सरकारसँग निरन्तर समन्वय र पहल गरेर सडक कालोपत्रे गर्न प्रतिबद्ध छौँ,' अध्यक्ष केसीले भने। 
गाउँपालिकाका इन्जिनियर विभूषणकुमार खड्काले पनि विगत केही वर्षयता प्रदेश र संघीय सरकारको बजेटबाट गाउँपालिका जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको जवाफ दिए। 

गाउँपालिकाबाट आर्थिक वर्ष २०७८/०७९ मा प्रवाह गरिएको वार्षिक विकास कार्यक्रम र सेवा सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूले पालिकासँग विभिन्न प्रश्न गरेका छन्। 

उनीहरूले सडक निर्माण, रैथाने र लोपोन्मुख कृषि उपज वस्तु संरक्षण र प्रर्वद्धन, किसानले उत्पादन गरेको कृषि उपज वस्तु बजारीकरण, गाउँपालिकाको आन्तरिक आय, खानेपानीको अभाव लगायतका सवालमा प्रश्न गरेका हुन्।

स्थानीय बमबहादुर शाहीले गाउँपालिकाभित्र उत्पादन हुने रैथाने र लोपोन्मुख तरकारी तथा खाद्य वस्तुको बीउ संरक्षणमा गाउँपालिकाले चासो दिनुपर्ने सुझाव दिए। 

स्थानीय गगन पौडेलले खानेपानीको अभाव रहेको भन्दै प्रश्न गरे। जवाफमा गाउँपालिका अध्यक्ष केसीले रैथाने र लोपोन्मुख कृषि उपज वस्तु संरक्षण र प्रर्वद्धन गर्न आफूहरू तयार रहेको बताए। 

उनले किसानले उत्पादन बढाउनुपर्ने र गाउँपालिकाले बजारीकरणमा सहयोग गर्ने वचन समेत दिए। सहभागीको प्रश्नको जवाफ दिँदै अध्यक्ष केसीले भने 'हामी गाउँपालिकाका सबै घरधुरीमा खानेपानीको सुविधा पुर्‍याउने प्रतिबद्ध छौ।'

नागरिकको उठाएको प्रश्नहरूको उपाध्यक्ष कलावती न्यौपाने, निमित्त प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र खड्का, लेखा अधिकृत टंकबहादुर कार्की तथा विषयगत शाखाका प्रमुखहरूले जवाफ दिए। 

गाउँपालिकाको आयोजना तथा जेम मिडिया ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टरको सहजीकरणमा सञ्चालित कार्यक्रममा सार्वजनिक सेवा प्रवाह तथा वार्षिक प्रगति विवरण विषयगत शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले प्रस्तुत गरेका थिए। 

कार्यक्रममा गाउँपालिकाले पाँच बुँदे सार्वजनिक प्रतिबद्धता घोषणा गरेको छ। पालिकाबाट विनियोजित बजेट प्रभावकारी कार्यान्वयन गर्ने, रैथाने तथा लोपोन्मुख कृषि उपज संरक्षण र प्रर्वद्धन गर्ने, किसानहरूले उत्पादन गरेको कृषि उपज वस्तुको बजारीकरण गर्न पहल गर्ने प्रतिबद्धता घोषणा गरिएको हो। 

यस्तै पालिकाबाट सञ्चालित योजनाहरूको प्रभावकारी अनुगमन गरिने र गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक कालोपत्रेका लागि संघ तथा प्रदेश सरकारसँग आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता घोषणा गरिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.